चितवन । चितवनको योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागीश्वरीले धरानमा गोरु काटेर खाएकोमा विरोध जनाएको छ । केही दिनअघि गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै गौ संरक्षण केन्द्रले विरोध जनाएको हो ।योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागीश्वरीका अध्यक्ष नवराज ढकालले क विज्ञप्ती जारी गर्दै गौ हत्या संविधान विरोधी कार्य भएको भन्दै त्यसको घोर निन्दा गरेका छन् ।
‘नेपालको पुर्वि भागमा अवस्थित सास्कृतिक नगरी धरानमा विधर्मीहरु द्वारा भर्खरै मात्र गोरुको हत्या गरि सार्वजनिक रुपमा गोमांस भक्षणको घटना सार्वजनिक भएको छ । नेपाली नेपाली विच द्वन्द निम्ताउने प्रवृत्तिको अभिव्यक्ति सहित यो कुकर्म सार्वजनिक भएको छ । यो पुर्णतः संविधान विरोधी कर्म हो । यश कुकृत्यको हामी घोर निन्दा एबम भर्त्सना गर्दछौ,’–ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
गाई विना संस्कृती अपुरो हुने भन्दै गौमाताको अत्याचार आफुहरुलाई सहिय नहुने जिकिर गरिएको छ । सार्वजनिक रुपमा गोरुको हत्या गर्न पाउनु पर्छ भनेर भिडियो सार्वजनिक गर्नु सनातन धर्म प्रति ठाडो आक्रमण भएको बताईएको छ । ‘नेपालको संविधानको खुल्ला उल्लंघन हो, सामाजिक एवम् धार्मिक सद्भाव भडकाउने कुचेष्टा हो । जुन कार्य अत्यन्तै निन्दनीय छ,’–विज्ञप्तीमा भनिएको छ ।
यस्ता अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई तत्कालै कानुनी कारवाही गर्न माग समेत गरिएको छ । यस प्रकारका गतिविधिको अन्त्य भएन भने सनातन धर्म गोवंशको संरक्षणका निमित्त कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिईएको छ ।



उज्यालो खबर




