सप्तगण्डकी क्याम्पसद्वारा पूर्व विद्यार्थी सम्मानित
भरतपुर । चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी सरकारी (शिक्षा आयोग, त्रिवि सेवा आयोग, स्थानीय तह, निजामती, लोक सेवा आयोग लगायत सरकारी) सेवा तथा गैरसरकारी संस्थामा स्थायी, अस्थायी, करार सेवा वा स्वरोजगार भएका पूर्व विद्यार्थीहरुलाई क्याम्पसले शनिबार सम्मान गरेको हो ।
कार्यक्रममा निजामति सेवामा कार्यरत सहसचिवदेखि बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, आम सञ्चार, स्व...


