×

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्यालको सरुवा भएको छ । गृहमन्त्रालयले पौड्याललाई नुवाकोटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवन प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ । कुशल प्रशासकको छवि बनाउनुभएका थापाले सप्तरी सहित सोलोखुम्बु, डोल्पा र जुम्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसक्नुभएको छ ।

यसैगरी नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कारागार व्यवस्थापन विभाग कालीकास्थान काठमाडौँ सरुवा गरिएको छ भने सोही विभागमा कार्यरत चक्रपाणि पाण्डेलाई जिल्ला प्रशासन कार्यालय धनुषा सरुवा गरिएको छ ।

तपाईको प्रतिक्रिया