×

चितवन सेरोफेरो

चितवनमा आजदेखि सात दिने एएफसी कोचिङ कोर्ष सुरु

चितवनमा आजदेखि सात दिने एएफसी कोचिङ कोर्ष सुरु
चितवन ।  चितवनमा एएफसी  कोचिङ कोर्ष सुरु भएको छ । चितवन जिल्ला फुटबलको आयोजनामा आइतबारबाट प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षणको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले राष्ट्रका लागि खेल्ने खेलाडीहरुको भविष्य सुनिश्चित हुन नसक्नु चिन्ताको बिषय भएको बताए । यसका लागि सबै तहको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । महानगर खेल क्षेत्रको बिकासमा गम्भीर भएर अघि बढिरहेको उनको भनाइ थियो । उनले कोचिङ ...

नेपाल लाइफको झण्डा बोकेर एजेन्सी म्यानेजर गौतम सिगांपुर प्रस्थान

नेपाल लाइफको झण्डा बोकेर एजेन्सी म्यानेजर गौतम सिगांपुर प्रस्थान
चितवन । जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटी (मिलियन डलर राउण्ड टेवल ) ले सिंगापुरमा अगष्ट २७ देखि अगष्ट ३० सम्म आयोजना गरेको एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाको प्रतिनिधित्व गर्दै एजेन्सी म्यानेजर रामचन्द्र गौतम सिगापुर प्रस्थान गर्नुभएको छ । विगत ८ वर्षदेखि नेपाल लाईफ इन्स्योरेन्स नारायणगढ शाखामा आवद्ध गौतमले कम्पनीले तोकेको प्रीययम पुरा गर्दै सिंगापुर प्रस्थान गर्नुभएको हो । गौतमलाई शुक्रबार नारायणगढ शाखा...

त्रिशुली नदीले बगाएर भरतपुरका दुई युवा बेपत्ता

त्रिशुली नदीले बगाएर भरतपुरका दुई युवा बेपत्ता
चितवन । भरतपुर महानगरपालिका वडा नं। २९ गाईघाट स्थित त्रिशुली नदीमा मुखधुने क्रममा नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । दिउँसो अन्दाजी ४ः३० बजेको समयमा वनभोज खान गएका उनीहरु बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा नं। १०, सप्तगण्डकी चोकका ३० वर्षिय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षिय प्रविण श्रेष्ठ रहेका छन् । हाल उनीहरुको खोजी कार्य भईरहेको छ ।

सिडियो थापालाई चितवन उद्योगसंघको स्वागत, औद्योगिक प्रर्वधनका विषयमा छलफल

सिडियो थापालाई चितवन उद्योगसंघको स्वागत, औद्योगिक प्रर्वधनका विषयमा छलफल
चितवन । चितवन उद्योग संघको आयोजनामा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र उद्योगीहरुबीच परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनको विषयमा छलफल सम्पन्न भएको छ ।चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी  भुपेन्द्र थापालाई प्रमुख आतिथ्यताका साथ स्वागत गरिएको थियो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित संघको औद्योगिक गतिविधि र अभियानका वारेमा जानकारी गराउनु भएको कार्यक्रममा विशेष व्यक्तित्व भुपेन्द्...

नेपाल ईन्जिनियर्स एशोसियसन चितवनमा रिजालको नेतृत्व (सूचि सहित )

नेपाल ईन्जिनियर्स एशोसियसन चितवनमा रिजालको नेतृत्व (सूचि सहित )
चितवन। नेपाल ईन्जिनियर्स एशोसियसन चितवनको अध्यक्षमा ई. कृष्ण रिजाल चयन भएका छन् । एशोसियसनको आठौं अधिवेशनबाट बर्ष २०८०/८२ का लागि रिजाल सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले ई. रिजालको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । एशोसियसनको उपाध्यक्षमा ई. चन्द्रमणी बस्याल, सचिबमा ई.दिपक खनाल, कोषाध्यक्षमा ई. सुमन श्रेष्ठ एवम् सदस्यहरुमा ई. सुशीला जम्मरकट्टेल, ई.आशिष गुरुङ्ग,ई.बिकल पन्डित,ई .अजय पोख्रेल र ई. अनिष काफ्ले चयन भएका हुन् । एशोसियसनका अध्यक्ष ई बिराट घिमिरेको ...

रत्ननगर उवा संघद्धारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत

रत्ननगर उवा संघद्धारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले चितवनमा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रजिअ थापालाई स्वागत गर्दै जिल्लामा व्यवसायिक सुरक्षामा देखिएका समस्या दर्साउदै सामधानको लागि आग्रह गरिएको छ । संघले पूर्वी चितवनबाट भरतपुर जाने मिनीबसलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा रोक्ने महानगरको निर्णयलाई प्राथमिकताका साथ उठाउदै सार्वजनिक यातायातलाई विना रोकावट नारायणगढ बजार सम्म जाने बाताबरण बनाउन आ...

चितवनका प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत

चितवनका प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत
चितवन । चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवनमा स्वागत गरिएको छ ।उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले बिगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध जिल्ला प्रशासन कार्यालयसँग सुमधुर रहँदै आएको बताउँदै आगामी दिनमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गरे । कार्यक्रममा स्वागत गर्नु हुँदै अध्यक्ष श्रेष्ठले संघको सङ्क्ष...

कम गुणस्तरको दाना उत्पादन गर्ने चितवनको पञ्चरत्न फिड्स र कैलाशपति एग्रो बिरुद्ध मुद्दा दायर

कम गुणस्तरको दाना उत्पादन गर्ने चितवनको पञ्चरत्न फिड्स र कैलाशपति एग्रो बिरुद्ध मुद्दा दायर
चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ मा रहेको पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको कैलाशपति एग्रो प्रालिलाई मुद्दा दायर गरिएको हो । उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले उनीलाई मुद्दा चलाइएको कार्यालयका प्रमुख घननाथ अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई दाना पदार्थ ऐन २०३३ अन्तर्गत कारबाहीको माग ...

‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भीड

‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भीड
चितवन–भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई बुधबार एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवन बेस क्याम्पमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ती सबै अन्यौलता तोडिदियो । फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजिल्याण्डको बारेमा बुझेर आफ्नो जिज्ञासा मेटाएपछि खुशी थिए । उनको खुशीमा थप खुशी थपियो प्याराग्लाइडिङको टिकटले । फेष्...