चितवन । चितवनमा एएफसी कोचिङ कोर्ष सुरु भएको छ । चितवन जिल्ला फुटबलको आयोजनामा आइतबारबाट प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षणको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले राष्ट्रका लागि खेल्ने खेलाडीहरुको भविष्य सुनिश्चित हुन नसक्नु चिन्ताको बिषय भएको बताए । यसका लागि सबै तहको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
महानगर खेल क्षेत्रको बिकासमा गम्भीर भएर अघि बढिरहेको उनको भनाइ थियो । उनले कोचिङ कोर्षको सफलताको कामना गर्दै यसले चितवनको फुटबल बिकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले चितवनले प्रशिक्षक उत्पादनमा पनि जोड दिरहेको बताए । उनले प्रशिक्षणबाट ुसीु लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकहरुलाई प्रशिक्षणको अवसर प्रदान गर्नका लागि स्थानीय तहसँग समन्वय गरिने समेत बताए ।
भरतपुर ७ स्थित कृष्णपुरको मैदानमा हुने एक साता चल्ने प्रशिक्षणमा २८ जना सहभागी छन् । जसमा चितवन जिल्ला भित्र २२ जना रहेका छन् भने अन्य ६ जना बाहिरी जिल्लाका हुन् । जसमा पूर्व राष्ट्रिय खेलाडी रविन श्रेष्ठ, दीपिल क्षेत्रीलगायत छन् । उनीहरुलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का टेक्निकल डाईरेक्टर हरि हड्का र हेड अफ कोच एजुकेसन सन्जित सिंहले प्रशिक्षण दिनेछन् । चितवनमा यस अघि २०७८ फागुनमा ‘डी’ लाइसेन्सका लागि कोचिङ कोर्ष भएको थियो ।