×

चितवन सेरोफेरो

घर वहाल मञ्च चितवनको अध्यक्षमा कट्टेल

घर वहाल मञ्च चितवनको अध्यक्षमा कट्टेल
भरतपुर। नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दिपा शाही, महासचिवमा सुरेन्द्र के.सी., सचिवमा बुद्धि सागर सापकोटा, कोषाध्यक्षमा नेत्र प्रसाद शर्मा, सह कोषाध्यक्षमा बिमला अधिकारी, सदस्यहरुमा सन्तोष देवकोटा, रुपा सुनार, यज्ञ बहादुर कार्...

नारायणगढ-मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

नारायणगढ-मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसैअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा र डुम्रेस्थित पुल दसैँं अघि सञ्चालनमा आउनेगरी काम अघि बढाइएको हो । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभ...

अङ्कुरम् एकेडेमीद्धारा सीपमूलक वृहत् कार्यक्रमहरू सम्पन्न

अङ्कुरम् एकेडेमीद्धारा सीपमूलक वृहत् कार्यक्रमहरू सम्पन्न
भरतपुर। भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमीले ज्ञान तथा सीपमूलक वृहत् कार्यक्रमहरू सम्पन्न गरेको छ ।विद्यालय परिसरमा शनिबार आयोजित कार्यक्रम अन्तर्गत अन्तर विद्यालय बेस(भरतपुर इङ्लिस स्कुल सोसाइटी) स्तरीय पौडी प्रतियोगिता, कक्षा ८ का लागि प्लम्बिंग कार्यशाला, कक्षा ९ का लागि वाइरिंग कार्यशाला, कक्षा ४ देखि ७ सम्मका लागि क्यालिग्राफी कार्यशाला, कक्षा ११ र १२ का लागि बास्केटबल प्रतियोगिता तथा हाजिरीजवाफ प्रतियोगिता गरिएको एकेडेमीका सह-प्राचार्य ओमराज मैनालीले जानकारी दिए ।विद्यार्थ...

मिलिनियम कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

मिलिनियम कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
चितवन । चितवनको भरतपुर–१० बालमन्दिर चोकमा रहेको मिलिनियम मोडल कलेज एवम् इडेन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले आज (शुक्रबार)  औपचारिक कार्यक्रम गर्दै कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत गरेको हो ।कार्यक्रममा मिलिनियम मोडल कलेजका क्याम्पस प्रमुख ईश्वरीराज पण्डितले विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको संक्षिप्त जानकारी गराउनुभएको थियो । मानविकी, व्यवस्थापन तथा शिक्षा सङ्कायमा कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको भन्...

चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आउनुभएका प्रा डा रेग्मीले सिएमसी क्याथल्याब सुरु गर्नुभएपछि यस क्षेत्रका बिरामी बाहिर जानु परेको छैन भने काठमाडौँलगायत अन्यसहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ । क्याथल्याब इञ्चार्ज अमृत काफ्लेक...

रत्ननगरका ३६ जना शिक्षकको आन्तरिक सरुवा

रत्ननगरका ३६ जना शिक्षकको आन्तरिक सरुवा
रत्ननगर । रत्ननगर नगरपालिकाका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको आन्तरिक सरुवा गरिएको छ ।मावि र निमावि तहमा अध्यापन गराउने ३६ जना शिक्षकहरुको सरुवा गरिएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागी नगरपालिकाले तयार गरेको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यविधि अनुसार शिक्षकहरुको सरुवा गरिएको मेयर प्रलाद सापकोटाले जानकारी दिए। नगर भित्रका २७ वटा सामुदायिक विद्यालयमा राहत र दरबन्दी गरि ३२३ जना शिक्षक कार्यरत छन् ।

चितवन प्रशासनले भन्यो – तिजमा खर्चिला एवंम् भड्किला कार्यक्रम नगर्नू (सूचना सहित)

चितवन प्रशासनले भन्यो – तिजमा खर्चिला एवंम् भड्किला कार्यक्रम नगर्नू  (सूचना सहित)
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तीजपर्वका अवसरमा जिल्लामा भड्किला कार्यक्रम नर्गन नगराउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्धारा जारी गरिएको विज्ञप्तिमा आफ्नो संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरतथा दिने तथा सम्र्बद्धन गर्ने बाहेक अन्य खर्चिला एवंम् भड्लिा कार्यक्रम नर्गन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सामाजिक शिष्टाचार, नैतिकता र अनुसासन कायम गर्ने कार्यमा जिल्ला स्थित राजनैतिक दल, नागरिक ...

खैरहनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सापकोटा

खैरहनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सापकोटा
चितवन । चितवनको खैरहनी नगरपालिकाका कार्यकारी फेरिएका छन् । लामो समयदेखि खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका पुरुषोत्तम शर्माको सरुवा भएको हो । शर्माको सरुवा भएसँगै खैरहनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा विष्णुप्रसाद सापकोटा आउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा कार्यरत सापकोटाले बुधबारदेखि कार्यभार सुरु गर्नुभएको छ । खैरहनीका नगरवासीको बृहत्तर हितको लागि आफुुले सकेको काम गर्ने उहाँले बताउनुभयो । खैरहनी नगरपालिकाले औपचारिक क...

निर्माण सामग्री व्यवसायी संघ चितवनद्वारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत

निर्माण सामग्री व्यवसायी संघ चितवनद्वारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत
चितवन–निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारी  भुपेन्द्र थापालाई स्वागत गरेको छ । संघले आज एक कार्यक्रमको आयोजना गरी स्वागत एवं अन्तक्र्रिया गरेको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी थापाले सबै ब्यवसायीसँगको सल्लाह सुझाब अनुसार नै चितवनका सबै कार्यहरू गरिने विश्वास दिलाउनु भयो । उहाँले व्यवसायी र प्रशासनको संयुक्त प्रयासले मात्रै समस्याको समाधान हुने भन्दै सबैको सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा उवासंघ चितवनका तृतीय उपाध्यक्ष एवं हार...