×

चितवन सेरोफेरो

चितवनमा पठाओको पहिलो दसैं महोत्सव, हरेक हप्ता खसी उपहार

चितवनमा पठाओको पहिलो दसैं महोत्सव, हरेक हप्ता खसी उपहार
चितवन ।पठाओ नेपालले चितवनमा पहिलोपटक दसैं महोत्सव घोषणा गरेको छ ।हरेक हप्ता खसी उपहार र बम्पर उपहारमा ५१ हजार नारा रहेको यस महोत्सवमा बाइक राइडर र टुकटुक चालकले हरेक हप्ता एउटा खसी जित्ने र बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले ५१ हजार रुपैयाँ जित्ने कम्पनीले जनाएको छ । असोज ८ देखि २८ गतेसम्म चल्ने महोत्सवका विजेता गोला प्रथाबाट छनोट गरिने र बिजेतालाई कार्यालयमा उपहार हस्तान्तरण गरिने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।खसी उपहार जित्न योग्य हुनका लागि कम्प...

भरतपुर अस्पतालले माग्यो : डाक्टर, नर्स र प्राविधिक कर्मचारी

भरतपुर अस्पतालले माग्यो : डाक्टर, नर्स र प्राविधिक कर्मचारी
चितवन । भरतपुर अस्पतालले डाक्टर, नर्स र प्राविधिक कर्मचारी माग गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।अस्पतालले जारी गरेको सूचना अनुसार ‘भरतपुर अस्पताल करार तथा ज्यालादारी कार्यविधि २०७९” अनुसार ती पद पूर्ति गरिने जनाईएको छ । अस्पतालले रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रिसिन, फिजिसियन, मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसिन माग गरेको छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखा...

 बोस्टनकी अन्जली झँवरलाई विश्वविद्यालयको स्वर्ण पदक

 बोस्टनकी अन्जली झँवरलाई विश्वविद्यालयको स्वर्ण पदक
चितवन । भरतपुरको बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरले उत्कृष्ट नतिजा ल्याएकोले स्वर्ण पदक प्राप्त गर्ने भएकी छन् ।कलेजले एक सूचना सार्वजनिक गर्दे सबै आठवटा समेस्टरमा ४ जीपीए ल्याएकोले उनले स्वर्ण पदक प्राप्त गर्ने जनाएको हो । मारवाडी परिवारमा जन्मिएकी अन्जलीले अध्ययनको साथसाथै परिवारको खाद्यान्न व्यापारमा सहयोग गर्दे आइरहेकी थिइन् । उनले बोस्टन कलेजको आन्तरिक परीक्षादेखि सबै विश्वविद्यालयको परीक्षामा ४ जीपीए नै ल्याएकी थिइन् । कलेजका अनुसार अन्जली नाँच्न, गाउन र क...

अङ्कुरम् पढेका रोचक इन्जिनियरिङको प्रवेश परीक्षामा नेपाल टप

अङ्कुरम् पढेका रोचक इन्जिनियरिङको प्रवेश परीक्षामा नेपाल टप
भरतपुर। भरतपुरस्थित अङ्कुरम् एकेडेमीबाट विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेका रोचक अधिकारी काठमाडौँ विश्वविद्यालयले लिने स्कुल अफ इन्जिनियरिङको प्रवेश परीक्षामा नेपाल प्रथम भएका छन् । प्लस टु पढ्दासम्म औसत स्कोरमा पास भएका रोचक देशभरबाट झण्डै पाँचहजार विद्यार्थी सहभागी भएको परीक्षामा १६४७ सीबीटी स्कोर ल्याएर नेपाल प्रथम भएका हुन् । यसै अवसरमा रोचकलाई अङ्कुरम् एकेडेमीले शुक्रबार स्कुलमा सम्मान गरेको छ । सम्मान लिएपछि रोचकले भने- ‘परीक्षा राम्रो भएको थियो तर नेपाल प्रथम नै...

प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग

प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग
चितवन ।नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवम् प्रेस सेन्टर चितवनका जिल्ला इन्चार्ज प्रकाशमणी ज्ञवालीले भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारीको भवनका लागि आर्थिक सहयोग गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार ज्ञवालीले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई चौतारी भवन निर्माणका लागि २५ हजार रूपैयाँ सहयोग गर्नुभएको हो । भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको भवनका प्रेस चौतारीको देश कै पहिलो भवन हो । पत्रकार ज्ञवालीले प्रेस चौतारी चितवनको भवन स...

खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
भरतपुर। स्वच्छ सन्तुलित आहार, स्वस्थ्य जीवनको आधार भन्ने मूल नारासहित उद्योग वाणिज्य संघ–चितवन र खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त आयोजनामा खाद्य स्वच्छता अभिवृद्वि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।होटल, रेष्टुरेण्ट तथा होस्टेल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी खाद्य गुणस्तर तथा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमहरूका बारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग व...

कांग्रेसले बिर्सिएको चितवनको एउटा घर जहाँ बीपी बसेर पञ्चायतविरोधी योजना बनाउथे

कांग्रेसले बिर्सिएको चितवनको एउटा घर जहाँ बीपी बसेर पञ्चायतविरोधी योजना बनाउथे
अनिल ढकाल चितवन ।  कुनै बेला कार्यकर्ताले भरिने आधा शताब्दी पुरानो दुईतले रातो घर प्रजातन्त्र पुनस्र्थापनाको लडाइँका बेला कांग्रेसका कार्यकर्ता खुबै धाउने घर हो। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले यही घरबाट पञ्चायत विरोधी राजनीतिक र रणनीतिक योजना तयार गर्थे। आफ्ना घनिष्ट मित्र श्यामकृष्ण प्रधानको घर बीपी कोइरालाले आफ्नै घरजस्तो ठान्थे। कोइराला मुलुकका लागि रणनीति बनाउँथे। यो बीपीको मनपर्ने थलो हो। देश दौडाहाका क्रममा यही घरमा बसेर कार्यकर्तालार्ई प्रशिक्षण दिन...

खैरहनी नगरपालिकामा कर्मचारी दिवस मनाइयो , सात कर्मचारी पुरस्कृत

खैरहनी नगरपालिकामा कर्मचारी दिवस मनाइयो , सात कर्मचारी पुरस्कृत
चितवन । खैरहनी नगरपालिका चितवनले बिभिन्न कार्यक्रम सहित कर्मचारी दिवस २०८० मनाएको छ । कर्मचारी दिवस २०८० को उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले वर्ष भरी उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारीलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रमको अवसरमा नगरपालिकामा कार्यरत विभिन्न कर्मचारीहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा मन्तव्य राख्नु हुँदै खैरहनी नगरपालिका प्रमुख शशी कुमार खनियाले कर्मचारीहरुलाई उत्कृष्ट कार्यसम्पादनको वातावरण सृजना ...

भदौ २१ गतेदेखि २३ गतेसम्म सफ्ट टेक चितवन २०८० सञ्चालन हुने

भदौ २१ गतेदेखि २३ गतेसम्म सफ्ट टेक चितवन २०८० सञ्चालन हुने
चितवन । उद्योग वाणिज्य सङ्घ चितवन र कम्युटर एशोसिएशन महासङ्घ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा यही भदौ २१ गतेदेखि २३ गतेसम्म सफ्ट टेक चितवन २०८० आयोजना हुनेभएको छ । नव उद्योमी र उद्योग प्रबद्र्धन गर्न चाहनेलाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको  पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूलनाराका साथ आयोजना गर्न लागिएको मेलामा आईटिसम्बन्धी काम गर्दै आएका विभिन्न कम्पनीका २० कक्ष रहनेछन् । उद्योग वाणिज्य सङ्घ चितवनको परिसरमा आयोजना गर्...