चितवन । चितवन उद्योग संघको आयोजनामा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र उद्योगीहरुबीच परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनको विषयमा छलफल सम्पन्न भएको छ ।चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई प्रमुख आतिथ्यताका साथ स्वागत गरिएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित संघको औद्योगिक गतिविधि र अभियानका वारेमा जानकारी गराउनु भएको कार्यक्रममा विशेष व्यक्तित्व भुपेन्द्र थापाले चितवन उद्योग संघले औद्योगिक पूर्वाधार विकास र स्वदेशी उद्योगको प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै संघको अभियान सफल बनाउनका लागि कार्यालयको तर्फबाट पूर्ण रुपमा सहकार्य गर्ने बताउनु भयो । सोही कार्याक्रममा संघका पूर्व अध्यक्ष एवम् वागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले उद्योगको प्रवद्र्धन र उद्योगी हितको संरक्षणका लागि प्रदेश परिसंघबाट समेत सहकार्य गर्न प्रतिवद्ध रहेको वताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एस।पी श्री रामेश्वर कार्की, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, पूर्व अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, युग राज वस्ती, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु गोविन्द्रप्रसाद खनाल, पार्वती कुंवर सुवेदी, चन्दना कोइराला,चितवन उद्योग संघ महिला उद्यमी मञ्चका उपाध्यक्ष सृजना सोती, सदस्य गिता ढकाल, संघका प्रदर्शनी अधिकृत दिपक दुवाडी, पाठशाला अधिकृत कल्पना आचार्य वस्ताकोटी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम पश्चात प्रमुख जिल्ला अधिकारीले स्थानिय तथा रैथाने उत्पादनको प्रवद्र्धन मेलाको अवलोकन गर्दै यस किसिमको मेलाले स्वदेशी उत्पादन र उद्यमशिलता विकासलाई सहयोग पु¥याएकोमा प्रशंसा गर्दै आवश्यकता अनुसार अन्य पालिकाहरुमा समेत मेला आयोजना गर्नका लागि सुझाव दिनुभयो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।



उज्यालो खबर




