×

चितवन सेरोफेरो

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् । असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताउनुभयो । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै ...

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
मुग्लिन ।  मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ ।नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना...

खैरहनीमा मनोविमर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

खैरहनीमा मनोविमर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
खैरहनी । खैरहनी नगरपालिकाले दुई दिने मनोविमर्श तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम आज सम्पन्न गरेको छ । तालिमबाट खैरहनी नगरपालिका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक र स्वाथ्य स्वयंसेविका समेत गरी १३५ जना दीक्षित भएका छन् । तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै नगर प्रमुख शशी कुमार खनियाले नगरपालिकाको कार्यसम्पादनलाई चुस्त दुरुस्त बनाउँदै नगरबासीको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्न तनाव मुक्त भएर कार्य गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले यो तालिम...

 गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको छ : ‘प्रचण्ड’

 गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको छ : ‘प्रचण्ड’
चितवन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको बताएका छन् । आइतबार भरतपुरमा भएको शारदानगर जागृती शहरी खानेपानी तथा सरसफाई आयोजना, जखडिमाई सह लगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको सयुंक्त उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेको देखेर सत्ता गठबन्धन भत्काउन लागेपनि सफल नभएको बताएका हुन् । ‘अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईहरुले पनि देख्नुभए होला । यही गठबन्धनले राम्रो गर्न खोजेक...

भरतपुरमा कांग्रेस-माओवादी विवाद छताछुल्ल ,उपमेयरसहित वडाध्यक्षद्धारा बैठक बहिष्कार

भरतपुरमा कांग्रेस-माओवादी विवाद छताछुल्ल ,उपमेयरसहित वडाध्यक्षद्धारा बैठक बहिष्कार
चितवन । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादीको विवाद चुलिदै गएको छ । महानगरपालिकामा मेयर रेनु दाहालले एकलौटी गरेको गुनासो गर्दै आएका कांग्रेसबाट निर्वाचित उपमेयर चित्रसेन अधिकारीसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका हुन् । आज (शुक्रबार) बिहान ८ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरिएको भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए । महानगरपालिकाले मनाउन लागेको भ्रमण बर्ष २०२४ का लागि एकलौटी मेयर दाहाल...

चार कलेजलाई तत्काल भर्ना रोक्न सर्वोच्चको अन्तरिम आदेश

चार कलेजलाई तत्काल भर्ना रोक्न सर्वोच्चको अन्तरिम आदेश
चितवन । सर्वोच्च अदालतले  चार कलेजलाई लाई तत्काल भर्ना रोक्न अन्तरिम आदेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट जबरजस्ती सम्बन्धन लिएका चार कलेजलाई तत्काल भर्ना प्रक्रिया कार्यान्वयन नगरी यथास्थितिमा राख्न त्रिभुवन विश्वविद्यालयका नाममा अन्तरिम आदेश जारी गरिएको हो । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिएको थियो । त्रिभुवन विश्वविद्यालयले सम्बन्धनका लागि नभई कार्यक्रम थपका लागि सूचना जारी गरेको आधारमा जबरजस्ती आर्थिक चलखेलको आधारमा आवेदन दर...

खैरहनी नगरपालिकाद्धारा बजार अनुगमन

खैरहनी नगरपालिकाद्धारा बजार अनुगमन
खैरहनी । खैरहनी नगरपालिकाले पर्सा बजारको विभिन्न खाद्य पसल तथा स्टोरहरूको अनुगमन गरेको छ ।चाडपर्व नजिकिदैं आएको सन्दर्भमा खैरहनी नगरपालिकाले पर्सा बजार क्षेत्रभित्र रहेका बिभिन्न पसल तथा व्यवसायको अनुगमन गरेको हो । पर्साको मुख्य बजार क्षेत्र भित्र रहेका १४ वटा मुख्य किराना पसल र डिपार्टमेन्ट स्टोरमा खाद्य सामाग्रीको अनुमगन गरिएको खैरहनी नगरपालिका उपमेयर कविता उप्रेतीले बताउनु भयो । अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्यसूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद सम...

जितियाको अवसरमा खैरहनी नगरपालिकाले थारु महिलाहरुलाई सार्वजनिक बिदा दिने

जितियाको अवसरमा खैरहनी नगरपालिकाले थारु महिलाहरुलाई सार्वजनिक बिदा दिने
चितवन। चितवनको खैरहनी नगरपालिकाले जितिया पर्व अन्तर्गत पारनको अवसरमा असोज २१ गते आइतबार थारु समुदायका महिलाहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व अन्तर्गत पारनको दिन भदौ २१ गते आइतबार खैरहनी नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरूमा कार्यरत थारू महिलाहरूलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै जितियाको अवसरमा पारनको दिन थारु महि...

चितवनको माडीमा जंगली हात्तीको आतंक

चितवनको माडीमा जंगली हात्तीको आतंक
चितवन। चितवनको माडी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई दुःख दिएका हुन् । विगत तीन दिनदेखि हात्तीको आतंकले स्थानीय रातभरि जाग्राम बस्नुपरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए। दुई ट्रयाक्टर, एउटा जिपलगायत साधनको सहायताले हात्ती लखेट्ने काम भइरहेको उनले जानकारी दिए। सापकोटाले भने, ‘विगत एक ...