
चितवन। चितवनको खैरहनी नगरपालिकाले जितिया पर्व अन्तर्गत पारनको अवसरमा असोज २१ गते आइतबार थारु समुदायका महिलाहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व अन्तर्गत पारनको दिन भदौ २१ गते आइतबार खैरहनी नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरूमा कार्यरत थारू महिलाहरूलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै जितियाको अवसरमा पारनको दिन थारु महिलाहरुलाई सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।