×

चितवन सेरोफेरो

चितवनका पत्रकार पराजुलीको तेस्रो कृति `ड्रिमी आइज´ बजारमा

चितवनका पत्रकार पराजुलीको तेस्रो कृति `ड्रिमी आइज´ बजारमा
चितवन – चितवनका पत्रकार  वसन्त पराजुलीको अंग्रेजी कृति `ड्रिमी आइज´ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका कुमाता र मोम्चो कथासङ्ग्रह प्रकाशित भैसकेका छन् । कुमाता र मोम्चो कथा सङ्ग्रहका केही कथाहरूको अङ्ग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको पराजुलीले बताए । कथालाई भरत भट्टराई र मिलि जोशीले अनुवाद गरेका हुन् । १७ वटा कथा समावेश ड्रिमी आइजको मूल्य ३९० रुपैयाँ छ । पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले सार्वजनिक गरेको छ। गोरखापत्रका भरतपुर समाचा...

Little Flower School is awarded  as the best school by Bharatpur Metropolitan

Little Flower School is awarded  as the best school by Bharatpur Metropolitan
CHITWAN . Little Flower School in Narayangarh, Chitwan has been honored as the best school. On the occasion of National Education Day 2080, Bharatpur Metropolitan honored Little Flower School for achieving excellent results among institutional schools. In a special ceremony held today,  Bharatpur Metropolitan Chief Renu Dahal, Deputy Chief Chitrasen Adhikari and Municipal Education Officer Mahendra Prasad Paudyal honored Little Flower School. On the basis of learning, avai...

संस्थागत विद्यालयहरुमा लिटिल फ्लावर स्कुल उत्कृष्ट, भरतपुर महानगरद्धारा सम्मानित

संस्थागत विद्यालयहरुमा लिटिल फ्लावर स्कुल उत्कृष्ट, भरतपुर महानगरद्धारा सम्मानित
  चितवन । चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुल उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । राष्ट्रिय शिक्षा दिवश २०८० को अवसरमा भरतपुर महानगरपालिकाले लिटल फ्लावर स्कुललाई संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको भन्दै सम्मान गरिएको हो । भरतपुरमा आज आयोजित एक विशेष समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनू दाहाल उपप्रमुख चित्रसेन अधिकारी र नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले लिटिल फ्लावर स्कुललाई सम्मान गर्नुभएको हो । सिकाई, उपलव्धी ...

भरतपुरको बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गरिने

भरतपुरको बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गरिने
चितवन । भरतपुर बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गर्न ३ पक्षीय सहमति भएको छ । भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय भरतपुर र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बीच वृक्षरोपण तथा सौन्दर्यकरण गर्ने सहमति भएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेल र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका प्रमुख श्याम बाबु लोप्चनले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।वृक्षरोपणका लागि सडक डिभिजन कार्यालय भरतपुरले मलिलो ...

एड्भेञ्चर स्कुलका विद्यार्थीलाई दुना टपरी गाँस्ने र बत्ती कात्ने तालिम

एड्भेञ्चर स्कुलका विद्यार्थीलाई दुना टपरी गाँस्ने र बत्ती कात्ने तालिम
भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं‍‍.१२  वसन्तचोक स्थित एड्भेञ्चर स्कुलमा अध्ययनरत विद्यार्थीहरुले मौलिक सीपमा आधारित रहेर दुना टपरी गाँस्न र बत्ती कात्न सिकेका छन्। संस्कार सहितको व्यबहारिक शिक्षा भन्ने मान्यतामा आधारित रहेर विद्यालयले फरक फरक कार्यक्रम गर्दै आएकोमा यसपटक कक्षा २ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई कपासको बत्ती कात्न तथा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई दुना टपरी गाँस्न सिकाएको हो। स्थानीय वसन्त टोल स्थित आमा समूहका ८ जना प्रशिक्षक महि...

संकटमा सौराहाको पर्यटन, सिजन शुरु हुँदा पनि होटल खाली !

संकटमा सौराहाको पर्यटन, सिजन शुरु हुँदा पनि होटल खाली !
चितवन । देशको तेस्रो ठूलो पर्यटकीय गन्तव्यको रूपमा परिचित सौराहा अहिले सुनसान छ । पर्यटन सिजन शुरु भइसक्दा पनि पर्यटक नआएपछि व्यवसायीहरू निराश बनेका छन् । सिजन शुरु भइसक्दा पनि होटल बुकिङ नभएपछि उनीहरू निराश बनेका हुन् । यतिबेला सौराहामा १० प्रतिशतभन्दा कम पर्यटक आएको व्यवसायी बताउँछन् । क्षेत्रीय होटल संघ, सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे थिलथिलो भएको पर्यटन व्यवसाय पलाउने आशा भए पनि अन्योलमा रहेको बताउँछन् । ‘हामी त पर्यटकको लागि स्वागत गर्न तयारमै छौं । तर, पर्यटक नै छ...

भरतपुरमा विरुवा उखालेर फाल्ने महिला पक्राउ

भरतपुरमा विरुवा उखालेर फाल्ने महिला पक्राउ
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिदचोक बेलचोक सडकखण्डको विरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । आज दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सोमबार राती सवा २ बजे आफ्नै पसल अगाडि रहेको विरुवा उखालेर फालेको सिटी टिभी फुटेजमा देख्न सकिन्छ । घर अगाडि रुख ठुलो भई असर...

खैरहनीमा एडभान्स् व्युटिसियन तालिम सुरु

खैरहनीमा एडभान्स् व्युटिसियन तालिम सुरु
खैरहनी । खैरहनी नगरपालिकामा एडभान्स ब्यूटीपार्लर तालिम सुरु भएको छ । यसअघि नगरपालिका तथा वडाहरूमा संचालित आधारभूत ब्यूटिसियन तालिम लिएकाहरु मध्येबाट ३३ जना महिलाहरूलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७५ दिने एडभान्स व्युटिसियन तालिम दिन सुरु गरिएको नगरपालिकाले जनाएको छ । एडभान्स व्युटिसियन तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खैरहनी नगरपालिकाका नगरप्रमुख शसी कुमार खनियाले नगरपालिकाले आधारभूत तालिमले व्यूटिसियनको जग बसालेको बताउँदै यसलाई पूर्ण बनाउ...

ब्रिटिस काउन्सीलद्धारा एक्सपर्टलाई ‘हाइ पर्फमिङ अवार्ड’

ब्रिटिस काउन्सीलद्धारा एक्सपर्टलाई ‘हाइ पर्फमिङ अवार्ड’
चितवन–ब्रिटिस काउन्सीलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई ‘High performing partner recognition award ’ प्रदान गरेको छ ।काठमाडौँको होटेल सोल्टीमा आयोजित एक भव्य कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै विद्यार्थी सहभागि गराउन सफल भएकोमा एक्सपर्ट एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदुत रोब फेनले उक्त अवार्ड प्रदान गरेका हुन् । ब्रिटिस काउन्सील नेपालका परीक्षा निर्देशक म्याक्सिम रायमनले एक्सपर...