पत्रकार देवकोटाद्धारा प्रेस चौतारी चितवनको भवन निर्माणलाई आर्थिक सहयोग
चितवन । चितवनका क्रियाशील पत्रकार एवम् प्रेस सेन्टर बागमती प्रदेश कमिटीका सचिव सन्तोष देवकोटाले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनलाई आर्थिक सहयोग गरेका छन् ।
देवकोटाले भवनका लागि १० हजार १ सय ११ रुपैयाँ जन्मदिनको अवसर पारेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्रण गरेका हुन् ।
चितवनको दैनिक पत्रिका लोकतन्त्र सन्देशका सञ्चालकसमेत रहेका पत्रकार देवकोटाले चितवनमा प्रेस चौतारीको देश कै पहिलो भवन बन्न लाग...


