निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापनबारे चितवन निकुन्जमा छलफल
चितवन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तराई भु–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन बारे चितवनमा अन्तरक्रिया कार्यक्रम गरेको छ । पाँच वटा निकुञ्जका कार्यालय, सुरक्षाकर्मी र सरोवारवालासंग आइतबार कसरा स्थित प्रकृति संरक्षण शिक्षालयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा सिन्धु प्रसाद ढुंगानाले निकुञ्जको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन निकुञ्ज प्रशासन, सुरक्षाकर्मी र सरोकारवालाई न...


