×

चितवन–चितवनको रामपुरमा हुन लागेको पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पुरा भएको छ । भोलिदेखि हुन लागेको स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको सम्मेलनको तयारी पुरा भएको कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरले आज  भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म रामपुरमा हुन लागेको हो । कृषि विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरुमा सूसुचित गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको सम्मलेनका संयोजक डा।ऋषिराम कट्टेलले जानकारी दिए ।

शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनको भनाई छ । सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी सयको हाराहारीमा कार्यपत्र प्रस्तुत गरिने छ ।

तपाईको प्रतिक्रिया