शेयर बजार झण्डै १६ अङ्कले बढ्यो, २ हजार २ सय विन्दु नजिकै
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै १६ अङ्कले बढेको छ । नेप्से १५ दशमलव ९१ प्रतिशतले बढेर २ हजार १ सय ९४ दशमलव ८४ विन्दुमा पुगेको छ ।
बिहीबार अन्यबाहेक अरू सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर १ सय १२ अङ्कले, उत्पादन समूहको १ सय १५ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ४४ अङ्कले, जीवन बीमाको ३८ र बैंक समूहको शेयर १३ अङ्कले बढेको छ ।
बिहीबार दुई सय आठ कम्पनीका एक करोड १७ लाख ६७ हजार कित्ता शेयर पाँच अर्ब ८७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबै...


