महालक्ष्मी बैंक ललितपुरको सात करोड कर्जा हिनामिना, तीन पक्राउ
काठमाडौं । महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरू गरेको छ।यस क्रममा प्रहरीले तीन जना ऋणीलाई पक्राउ गरेको सिआइबीले जनाएको छ।ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह पाइएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
उनका अनुसार कर्मचारीकै मिलोमतोमा थोरै सुन राखेर सात करोडभन्दा बढी रकम निकालिएको प्रारम्भिक अनुसन्धानमा दे...


