×

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा जंगल साईड प्यालेस सञ्चालनमा आएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ धारापानीमा जंगल साईड प्यालेस नामको रिर्सोट शनिवारदेखि संचालनमा आएको हो ।

करिव ९ वर्ष अष्ट्रेलियामा काम गरेका स्थानीय युवा तेजेन्द्र सापकोटाले विदेशको अनुभव संगालेर रिर्सोट सञ्चालन गरेका हुन । लामो समय अष्ट्रेलिया बसेका उनले स्वदेशमै केहि गर्न सकिन्छ भन्ने उदेश्यले रिर्सोट सञ्चालनमा ल्याएको बताए । करिव १ करोड रुपैँयाको लागतमा सञ्चालनमा ल्याइएको रिर्सोटमा अर्गानिक खानालाई जोड दिइने सापकोटाले बताए ।

रिर्सोटमा पुग्ने ग्राहकहरुले सोहि ठाउँमा उत्पादन गरिएका अर्गानिक परिकारहरुको स्वाद लिन सक्नेछन भने लोकल कुखुरा र हाँस आफैले रोजेर प्रयोग गर्न सक्नेछन । रिर्सोटमा ५ वटा आर्कषक कटेज र आवासका लागि  ४ वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन । जंगल साईड प्यालेसमा पुग्नका लागि मौलाकालिका मन्दिर फेदिबाट करिव ३०० मिटर बायाँतर्फ प्रस्थान गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया