क्यानडा पठाइदिन्छु भनी ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ
काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. १३ पाटनबेसी बस्ते ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्...


