ब्याजदर घट्दा सेयर बजारमा रौनक, उच्च बिन्दुमा पुग्ने संकेत
काठमाडौँ । साताको सुरुवात मै सेयर बजारमा रौनक आएको छ । अधिकांश बैंकहरुले माघमा लागु हुने गरी ब्याजदर घटाएसँगै सेयर बजारमा उत्साहको माहोल बनेको हो ।बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह नभएपछि बैंकहरुले अझै ब्याजदर घटाउने सम्भावना देखिएको छ । बैंकहरुले समेत ब्याजदर घटाउने आशाले लगानीकर्ता मख्ख भएका छन् ।
पुस मसान्तमा सकिएको छ । यो बेला व्यक्तिगत तथा संस्थागत लगानीकर्ता पनि आय कर तथा बैंक ब्याजको साँवा र ब्याज तिर्ने दबाबमा रहेका हुन्छन् । अब माघ लागेसँगै बजारमा...


