×

चितवन । उद्योग बाणिज्य संघ चितवनको ५७ औं साधारणसभा तथा अधिवेशनमा पदाधिकारीमा अहिलेसम्म एक जना मात्रै सर्वसम्मत भएका छन् । उद्योगतर्फको उपाध्यक्षमा संस्थापन प्यानलका अशोक अधिकारी सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षका अर्का उम्मेदवार थिरप्रसाद धितालले उमेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन् । धिताल संस्थापनको टिमबाट नपरेपछि उपाध्यक्ष पदमा उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए । उनको उम्मेदवारी फिर्ता भए पनि मतपत्रमा भने नाम हुनेछ ।

उम्मेदवारी फिर्ता लिएपछि सामाजिक सञ्जाल फेसवुकमा भावुक पोष्ट गर्दै धितालले लेखेका छन् -दुःख भोगेको छु मेहनत गरेको छु सरल र शालिन छु भनेर धेरै ईमानदार पनि नबन्नुहोस् है मान्छेहरुले सिधा र ईमानदारीको फाईदा कुन बेला उठाउने हुन पत्तै हुन्न महोदय !!!
धिताल लोकप्रिय व्यवसायी हुन् । उनका शुभेच्छुकहरुले धितालका पक्षमा मत मागिरहेका छन् । भोली पुस २३ गते संघको नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

तपाईको प्रतिक्रिया