तेस्रो लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते
काठमाडौँ । सरकारले आउने वैशाख १६ र १७ गते दुई दिन तेस्रो लगानी सम्मेलको आयोजना गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार लगानी सम्मेलनको मिति तय गरेको बताए ।
तेस्रो लगानी सम्मेलन २०८१ (निर्देशक समितिको तेस्रो बैठक) मा अर्थमन्त्री महतले लगानी सम्मेलन वैशाख १६ र १७ गते दुई दिन गर्न लागेको र त्यसका लागि आवश्यक लगानीयोग्य आयोजनाहरु तयारी गर्न गठित उपसमितिलाई तयारीलाई तीव्रता दिन समेत निर्देशन दिए ।
अर्थमन्त्री महतले भने, ‘मौजुता कानून नीति र संरचनागत ...


