सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन आजदेखि, प्रतिकित्ता मूल्य कति ?
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु। ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओको आवेदन खुला गरेको हो ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको हो ।लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १६ गते र ढिलोमा फागु...


