आज पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै
काठमाडौँ । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिक रूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।आज औपचारिक कार्यक्रमकाबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।
फेवातालको किनार बाराहीघाटमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्याली र प्राकृत पोखराका लेख...


