चितवनमा भव्य ‘एम्युजमेन्ट पार्क’को योजना, ५० हजार पर्यटक अट्ने, लगानी ७ अर्ब
चितवन- चितवनको बाघमारामा करिब ७ अर्ब रुपैयाँ लगानीमा एम्युजमेन्ट पार्कको योजना अघि सारिएको छ। सहरी विकास तथा भवन निर्माण विभागले नेपालीसँगै भारतीय पर्यटकलाई लक्षित गर्दै एम्युजमेन्ट पार्कको अवधारणा अघि सारेको हो।
नेपालमा हाल सामान्य पार्क भए पनि ठूला पार्क बनेकै छैनन्। बाघमाराको खाली ठाउँमा पार्क बनाउन सकिने गरी परिकल्पना गरिएको छ। विभागले योजना बनाई सम्भाव्यता अध्ययन गर्दै छ।भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बाघमारा क्षेत्रमा पार्क निर्माण गर्ने योजना सारेको छ।
‘चितव...


