×

भरतपुर –  नारायणगढको चमेली बिगबजारमा यहि बैशाख  ७ गतेदेखी ३० गतेसम्म  तेस्रो चितवन जुत्ता चप्पल महा-मेला २०८१  हुने भएको छ। नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी  तेस्रो चितवन जुत्ता चप्पल महा-मेला २०८१  हुने भएको हो ।
महा-मेलाको उद्धाटन बाग्मती प्रदेश बन तथा बाताबरण मन्त्री केशब पोख्रेलले गर्नेछन् ।

नारायणगढको चमेली बिग बजारमा संचालित बिग बजार नेपाली जुत्ता घरको आयोजनामा हुन लागेको तेस्रो चितवन फुटवयर एक्स्पो  चितवन जुत्ता चप्पल महा-मेला २०८१ मा ०७ वटा स्वदेशी उद्योगबाट उत्पादित तीन हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल पाइनेछ।

मेलाको अवसरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट पाइनुका साथै १५ सय भन्दा बढिको जुत्ता किन्दा उपहार स्वरुप चप्पल सित्तैमा दिइनेछ र यो अफर मेला अवधी सम्म मात्र रहने आयोजकको भनाइ छ ।

नेपालमा उत्पादन भएका नेपाली ब्राण्डका जुत्ता चप्पल आम उपभोक्ताहरुले प्रयोग गर्नुपर्छ र सबै नेपालीका खुट्टामा नेपालमै उत्पादित नेपाली ब्राण्डका जुत्ताचप्पल हुनुपर्छ भन्ने उदेश्यले जुत्ताघरले यो महा-मेलाको आयोजना गरेको नेपाल फुटवेयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष एवं बिगबजार नेपाली जुत्ताघरका संयोजक नानीराज घिमिरेले बताए ।

त्यस्तै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आमउपभोक्ताहरुलाई सेवा दिनुका साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ यो महा- मेलाको आयोजना गर्न लागिएको नेपाल फुटवेयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका पुर्व अध्यक्ष एवं बि एफ डियर हिल सु का अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

बिगबजार नेपाली जुत्ताघरले सुरुवातदेखी नै सुपथ मुल्यमा गुणस्तरिय जुत्ता चप्पल बिक्री गरिराखेको नै थियो तर पनि महा-मेलामा परिवारका सबै सदस्यहरुले एकै ठाउँबाट सुपथ मुल्यमा जुत्ताचप्पल खरिद गरुन् भनेर हामीले बिशेष छुट राखेका हौं, उनले भने ।

महा-मेलामा ग्राहकहरुले बिगबजारको २१ वटा शटरमा एउटै छानामुनी स्वदेशी ७ कम्पनीको नेपालमा सर्वाधिक रुचाइएका जुत्ता चप्पल फस्ट वाक शु, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रान शु र टुरिष्ट शु का १५ भन्दा बढी ब्रान्ड र ३ हजार भन्दा बढी मोडलका जुत्ताचप्पलहरु पाउन सक्नेछन् । जस्ले गर्दा ग्राहकहरुले आफुलाई मनपर्ने ब्राण्ड एवम् मोडलका जुत्ताचप्पलहरु छानीछानी किन्न सक्नेछन्

तपाईको प्रतिक्रिया