×

गैँडाकोट । नारायणगढमा स्कुटरभित्र राखिएको ११ लाख रुपैया चोरी भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० का महेशबाबु खनालको ११ लाख रुपैया स्कुटरबाट चोरी भएको हो ।
नारायणगढको एनआईएमवी बैंक अगाडी पार्किङ गरि राखेको खनालको ना ४१ प् ५३१६ नम्बरको स्कुटरको डिक्कीबाट सो रकम चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आइतबार दिउसो सवा ३ वजे खनालले आफ्नो स्कुटरमा राखिएको रकम सहितको झोला फेला नपरेपछि प्रहरीलाई खबर गरेका थिए । चितवन प्रहरीले सीसीटीभी फुटेज मार्फत घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया