१६ बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले चलायो कारबाहीको डन्डा
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । आफ्नो नीति निर्देशन नमानेपछि राष्ट्र बैंक एक्सनमा उत्रिएको छ ।
राष्ट्र बैंकको नीति नियम नमान्नेमा अधिकांश वाणिज्य बैंक अगाडि छन् । साउनदेखि चैतसम्म १६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्दा ११ वाणिज्य बैंक परेका छन् । वाणिज्य बैंकहरु नेपालका ठूला भनिने ‘क’ वर्गका हुन् । हाल नेपालमा २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । यस अवधिमा ४ वटा विका...


