सुनको भाउमा फेरि नयाँ रेकर्ड
काठमाडौं । सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।
वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झर...


