बजेटले सुन तोलामै ६ हजार महँगिने, आजदेखि लागू
काठमाडौं । बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ । सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ ।
थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ हजार महँगिने महासंघका महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । ‘बजेटलगत्तै भन्सार दरहरु लागू हुने हो, हिजो औपचारिक छलफलकै क्रममा रह्यौं, त्यसकारण आजदेखि नयाँ भन...


