
काठमाडौँ- सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ उचाइ लिँदै जाँदा नेपाली बजारमा सुनको मूल्यले आइतबार को रेकर्ड तोड्दै्र आज पुनः नयाँ रेकर्ड काएम गरेको हो ।
आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेर त्यसअघिका सबै रेकर्ड तोडेको थियो ।
आज फेरि तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ ।