×

अन्तर्राष्ट्रिय/प्रबास

भारतले दिने मुर्रा राँगोबाट वार्षिक एक लाख भैंसीलाई गर्भवती बनाइने

भारतले दिने मुर्रा राँगोबाट वार्षिक एक लाख भैंसीलाई गर्भवती बनाइने
काठमाडौं । भारत सरकारले निःशुल्क दिने उच्च प्रजनन क्षमताको मुर्रा राँगोबारे सामाजिक सञ्जालमा अत्यधिक ट्रोल भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्टीकरण दिएको छ । मुर्रा राँगो उच्च प्रजनन क्षमताको हुने र नस्ल सुधारमा सहयोग हुने मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो । मुर्रा राँगोबाट नेपालले वार्षिक कम्तिमा एक लाख भैंसीमा गर्भधारण गर्ने लक्ष्य लिइएको विज्ञप्तिमा उल्लेख छ ।१५ वटा मुर्रा राँगोबाट ३ वर्षपछि वार्षिक डेढ लाख डोज बीर्य प्राप्त गर्न सकिने मन्त्रालयले...

स्विडेनमा सेक्सलाई खेलको रूपमा घोषणा,यौन प्रतियोगिताको आयोजना

स्विडेनमा सेक्सलाई खेलको रूपमा घोषणा,यौन प्रतियोगिताको आयोजना
एजेन्सी । स्विडेनले आधिकारिक रूपमा सेक्सलाई खेलको रूपमा घोषणा गरेको छ । योसँगै यहाँ पहिलो पटक यौन प्रतियोगिताको आयोजना गर्ने तयारी थालिएको छ । यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू सेक्स सेसनमा सहभागी हुनेछन् जुन दैनिक ६ घण्टासम्म चल्नेछ । यौन प्रतियोगिताका विजेताहरू निर्णायकको प्यानलले निर्णय गर्नेछन् र दर्शकले पनि अन्तिम निर्णयलाई प्रभावित पार्न सक्नेछन् । युरोपेली सेक्स च्याम्पियनसिप जुन ८ जुनबाट सुरु हुनेछ । यो ६ हप्तासम्म चल्ने छ । यसमा सहभागीहरूले आफ्नो खेलको अवधिको ...

मोदीले भने– नेपालसँगको सीमा समस्या समाधान गर्छौं

मोदीले भने– नेपालसँगको सीमा समस्या समाधान गर्छौं
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने बताए । उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं ।’

नेपाल-भारतबीच भए यी सम्झौता (सूचीसहित)

नेपाल-भारतबीच भए यी सम्झौता (सूचीसहित)
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् । हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ । शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यसप्रकार छन् –सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास –नेपालगञ्ज रूपैडिय...

अब अन्तरीक्षमै बिहेबारी !

अब अन्तरीक्षमै बिहेबारी !
काठमाडौं। मानिसहरु आफ्नो बिहेलाई स्मरणीय बनाउनका लागि पूराना किल्ला, अग्ला पहाडी चुलीदेखि नदी किनारसम्म गएर बिहे गर्दछन् । तर अब भविष्यमा बिहेबारी झनै खास बन्नेवाला छ । किनकी एउटा कम्पनीले अन्तरीक्षमा बिहेबारीको चाँजोपाँजो मिलाउँदैछ । Space Perspective  नामक उक्त कम्पनीले मानिसलाई पृथ्वीभन्दा बाहिरको संसारमा बिहेको बन्धनमा बाँधिने मौका प्रदान गर्दैछ । सो कम्पनीले कार्बन न्युट्रल बेलुनमा बेहुला बेहुलीलाई चढाएर अन्तरीक्षमा पूराउने र अन्तरीक्षमै उनीहरुको बिहेको काम फत्ते ग...

पाकिस्तानको कोहटमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो

पाकिस्तानको कोहटमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो
काठमाण्डौ – पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ ।कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो ।बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ ।दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको प्रहरी कार्यालयले जनाएको छ।

आज राति डिभीको रिजल्ट आउँदै, यसरी हेर्न सकिन्छ

आज राति डिभीको रिजल्ट आउँदै, यसरी हेर्न सकिन्छ
काठमाडौं–अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ९डिभी०को रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ । डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ । डिभी नतिजाबारे थाहा पाउ...

चेन्नाईलाई हराउँदै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा

चेन्नाईलाई हराउँदै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएको छ ।पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । यो जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ । यस्तै चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ ।राजस्थानको जितमा सबैभन्दा धेरै यशस्...

सिड्नीलाई उछिनेर मेलबर्न बन्यो अष्ट्रेलियाको ठूलो शहर

सिड्नीलाई उछिनेर मेलबर्न बन्यो अष्ट्रेलियाको ठूलो शहर
काठमाडौं । सिड्नीलाई उछिन्दै मेलबर्न जनसंख्याको हिसाबमा अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर बनेको छ । यसअघि सिड्नी झण्डै १०० वर्षसम्म अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरका रुपमा रहेको थियो । तर अब सिड्नीलाई पछि पार्दै भिक्टोरिया राज्यको राजधानी मेलबर्न धेरै जनसंख्या भएको अष्ट्रेलियाको शहर बनेको हो । मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ४०० छ जुन सिड्नीको भन्दा १८ हजार ७०० धेरै हो । बीबीसीका अनुसार मेलबर्न शहरको किनारी क्षेत्रमा बसोबास बढ्दै गएपछि मेल्टनसहित आसपासका साना शहरलाई गाभ...