×

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् ।

हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यसप्रकार छन्

–सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास

–नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

–बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन

–अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास

–गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

– सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी

–तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट

–फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट

–क्रस बोर्डर पेमेन्ट समझदारी

 

तपाईको प्रतिक्रिया