×

समाचार

प्रधानमन्त्री ओली दाङ जाँदै, राप्ती पुल उदघाटन गर्ने

प्रधानमन्त्री ओली दाङ जाँदै, राप्ती पुल उदघाटन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगाव...

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् । उनी मोडल समेत हुन् । मिस मंगोल २०१८ को उ...

नगरसभा सदस्यको निधन पछि गैँडाकोट नगरपालिकामा आज शोक विदा !

नगरसभा सदस्यको निधन पछि गैँडाकोट नगरपालिकामा आज शोक विदा !
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ३ का दलित महिला सदस्य मित्रमाया सुनारको निधनप्रति दुख व्यक्त गर्दै गैँडाकोट नगरपालिकाले नगरभित्र आज शोक विदा दिएको छ । नगरसभा सदस्य रहेकी सुनारको गएराति ११ः३५ वजे अल्पआयु मै निधन भएको गैँडाकोट नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल द्धारा जारी सूचनामा निधन प्रति शोक व्यक्त गर्दै नगरपालिका कार्यालय, र अन्तर्गतका सबै कार्यालय र शैक्षिकसंस्था समेतमा शोक विदा दिने निर्णय भएको जनाइएको ...

हेटौंडा- कुलेखानी सडकखण्ड आजदेखि दुई महिनासम्म बन्द

हेटौंडा- कुलेखानी सडकखण्ड आजदेखि दुई महिनासम्म बन्द
हेटौंडा । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक आजदेखि दुई महिनाका लागि बन्द भएको छ ।निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड आजदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक बन्द गरिएको जानकारी दिए । भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडक...

नागरिक एपमा समस्या देखिएपछि सुधारिँदै

नागरिक एपमा समस्या देखिएपछि सुधारिँदै
काठमाण्डौ – नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएको छ । नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउन लागेको प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयो । अलीका अनुसार गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन रिक्वेस्टु गर्न मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको छ । अहिलेसम्म करिब ३ लाख बढीले नागरिक एप डाउनलोड गरेको भए पनि १ लाख मात्र दर्ता सफल भएको पनि आईटी सल्लाहकार अस्गर अलीले बताउनुभयो ​।

सुनसरीमा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु

सुनसरीमा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु
विराटनगर । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल ...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट
काठमाडौं । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ताद्वयले नेपालको संविधान तथा सञ्चारसम्बन्धी कानुनले पत्रपत्रिकाको दर्ता कहिल्यै खारेज नहुने व्यवस्था गरेको अवस्थामा सूचना तथा प्रसारण विभागले दर्ता गरेर सञ्चालन अनुमति दिएका अनलाइन पत्रपत...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाण्डाै - नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ । साेमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य अहिलेलाई यथावत् नै राखिएको निगमले जनाएको छ । मूल्य ...

पत्याउनु हुन्न होला तर केटीहरुले नुहाउँदा खेरि यस्ता कुराहरु सोच्छन

पत्याउनु हुन्न होला तर केटीहरुले नुहाउँदा खेरि यस्ता कुराहरु सोच्छन
युवतीहरुलाई आफू नुहाउदै गर्दा पनि विभिन्न खालको चिन्ताले सताउने एउटा अध्ययनले देखाएको छ । महिलाहरुले नुहाउदा आफ्नाे शरीर र कपालको बारेमा चिन्ता गर्छन् । यस बाहेक उनीहरु बाथरुमभित्र आफैसँग छिल्लिने गरेको समेत अध्ययनले पत्ता लगाएको छ । केटीहरू अक्सर सम्बन्धबारे चिन्तित रहन्छन् । उनीहरू सधैं दिगो सम्बन्धको खोजीमा हुन्छन् । त्यसैले उनीहरू अक्सर हाम्रो स’म्बन्ध कत्तिको टिकाउ हुनेछ ? के हामी सधैं यस्तै गरेर खुसी रहन सकौंला ? आदि सोचमा हराउने गर्दछन् ।केटीहरू आफ्नो कपालबारे पनि च...