×

समाचार

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
धनगढी । कैलालीको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन् ।म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल गएराति ११ बजेतिर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्टर चालकलाई सुक्खड प्रहरीले नियन्त्रणमा लिएको छ ।

वाग्मतीमा फोहोर फाल्ने तीन कम्पनी कारबाहीमा

वाग्मतीमा फोहोर फाल्ने तीन कम्पनी कारबाहीमा
काठमाण्डौ - वाग्मती नदीको किनारमा फोहोर फाल्ने तीन कम्पनीलाई कारबाही गरिएको छ ।तीनकुनेमा रहेको नदी किनारमा सफाइका क्रममा काठमाण्डौ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई दुई हजार, विनोद पानपसल आलोकनगरलाई एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई ५०० रुपैयाँ जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिनुभयो । गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहोर नफाली तोकिएको ठाउँमामात्र व्यवस्थापन गर्न काठमाण्डौ महानगरपालिका वातावरण व्यवस्थापन विभागले चे...

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु
खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले ...

तराईमा अबको दुई हप्तासम्म बाक्लो हुस्सु लाग्ने

तराईमा अबको दुई हप्तासम्म बाक्लो हुस्सु लाग्ने
काठमाण्डौ-  तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ । आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ । आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न स...

मतभेदलाई बिर्सेर सहिदका सपनालाई विपनामा रुपान्तरण गरौं : देउवा

मतभेदलाई बिर्सेर सहिदका सपनालाई विपनामा रुपान्तरण गरौं : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सानातिना मतभेदलाई बिर्सेर शहीदका सपनालाई विपनामा बदल्न संकल्प गर्न आह्वान गरेका छन् । शहीद दिवसको अवसरमा सन्देश दिँदै सभापति देउवाले भनेका छन्, आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं ।’ मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार ...

समृद्धिको आकांक्षा पूरा गर्न अग्रसर भए सहिदप्रति सच्चा श्रद्धाञ्जली : राष्ट्रपति

समृद्धिको आकांक्षा पूरा गर्न अग्रसर भए सहिदप्रति सच्चा श्रद्धाञ्जली : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएकी छन् ।शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् । शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद...

प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज सहिद दिवस मनाइँदै

प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज सहिद दिवस मनाइँदै
काठमाडौं । देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज सहिद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा सहिद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुप...

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु
काठमाण्डाै - प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएकाे छ । पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्य...

दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षे गोमबहादुर बुढा छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।थाहाखेलबाट फर्पिङ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक हनुमाने भन्ने स्थानमा गएराति साढे ८ बजे दुर्घटना भएको थियो । ट्रक सडकबाट अन्दाजी ५० मिटर त...