×

समाचार

ओली नेकपाको शक्ति प्रदर्शन आज, नारायणहिटी अगाडिको सभामा पुग्न यी १३ स्थानबाट निस्कदैछ जुलुस

ओली नेकपाको शक्ति प्रदर्शन आज, नारायणहिटी अगाडिको सभामा पुग्न यी १३ स्थानबाट निस्कदैछ जुलुस
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  ले आज राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ। आज दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि बागमतिका सवै जिल्लाका नेता कार्यकर्ता सहभागी हुँदैछन । आमसभामा सहभागी हुन बागमतिका जनतासमेत काठमाडौं आएका छन । आमसभालाई प्रधानमन्त्री तथा क्ष केपी शर्मा ओलीसहित तीन जना नेताले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । सभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल ...

भोली काठमाडौंमा नेकपा बृहत सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

भोली काठमाडौंमा नेकपा बृहत सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो । नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताउनुभयो । सभा सम्पन्न गर्न पार्टी काठम...

प्रचण्ड नेपाल समूहद्धारा गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गर्ने ५६ जना प्रहरीको नियन्त्रणमा

प्रचण्ड नेपाल समूहद्धारा गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गर्ने ५६ जना प्रहरीको  नियन्त्रणमा
काठमाडौं । काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्।बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले  जानकारी दिए। प्रदर्शनकारीहरूले आगजनी गरेर गएका छन्,उनले भने।सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ।प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने...

भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।  

ट्राफिक नियम उल्लंघनको जरिमाना आजदेखि अनलाइनबाटै

ट्राफिक नियम उल्लंघनको जरिमाना आजदेखि अनलाइनबाटै
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ ।सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ ।महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।

बेंसीशहर-चामे सडक आजदेखि तीन दिन बन्द हुने

बेंसीशहर-चामे सडक आजदेखि तीन दिन बन्द हुने
बेंसीशहर । गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेंसीशहर-चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ।लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि मङ्गलबार बिहान १०ः०० देखि बिहीबार राति १०ः०० बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिने भएको हो। जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो। उक्त सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका- ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाल...

देशकै सबैभन्दा ठूलो सबस्टेशन तयार, भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने

देशकै सबैभन्दा ठूलो सबस्टेशन तयार, भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौँ । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते ९सोमबार० प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ । हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००र२२० केभी क्षमताको स...

ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन्ः सुरेन्द्र पाण्डे

ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन्ः सुरेन्द्र पाण्डे
चितवन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने दाबी गरेका छन्। आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै पाण्डले यस्तो भने, ‘यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्।’विभाजित नेकपाको ओली पक्षले २३ माघमा काठमाडौंमा वृहत आमसभाको तयारी गर्दै गर्दा पाण्डेले यस्तो बताएका हुन् ।ओली...

काठमाडौंका दुई स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौंका दुई स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंका दुई स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोकमा र नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो । हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ । बरालको ट्रमा सेन्टरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाए...