×

समाचार

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्रीले आज उद्घाटन गर्नुहुने

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्रीले आज उद्घाटन गर्नुहुने
काठमाडौं। विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्नुहुने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय स...

निर्वाचन आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : नेकपाको विवाद हल नगरी कसरी चुनाव हुन्छ ?

निर्वाचन आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : नेकपाको विवाद हल नगरी कसरी चुनाव हुन्छ ?
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नगरी कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ ।आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको थियो । छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको बताए । ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै फुटेको नेकपाको दुबै समूहले आफ्नो समूहको निर्णय राजनीतिक दलसम्बन्धी किताबमा अद्यावधिक गर्न आयोगलाई आग्रह गरेका थिए, तर आयोगले ११ माघमा...

आज सोनाम ल्होछार

आज सोनाम ल्होछार
नवलपुर । तामाङ समुदायको पर्व सोनाम ल्होछार २८५७ शुक्रवार मनाइँदै छ । यसलाई उनीहरूले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । सोनाम ल्होछारका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । राष्ट्रिय सोनाम ल्होछार २८५७ बृहत् मूल समारोह समितिले राजधानीको टुँडिखेलमा एक औपचारिक कार्यक्रम गर्दैछ। विशेष गरी १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने परम्परा छ । तामाङ समुदायले हरेक माघ शुक्ल प्रतिपदाका दिन स...

प्रधानमन्त्रीका वकिललाई प्रधान न्यायाधीशले भने : हाम्रो बाध्यतालाई बुझ्नुहुन्न ?

प्रधानमन्त्रीका वकिललाई प्रधान न्यायाधीशले भने : हाम्रो बाध्यतालाई बुझ्नुहुन्न ?
काठमाडौं । आज पनि संसद विघटनको मुद्दामा सरकारी वकिलले बहस गरिरहेका छन् । सोमबारको बसहमा सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरेका छन् । सरकारी निर्णयको प्रतिरक्षा गर्न आएका अधिवक्ता भट्टराईले लामो समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस टुंग्याउन पटक-पटक आग्रह गरे । सुरुमा १५ मिनेट समय तोके पनि उनले ३१ मिनेट समय लिएका थिए। त्यसपछि पनि बहस गर्दै गर्दा प्रधान न्यायाधीशले रोके । उनले भने, ‘छोडिदिनुस् प्लिज । बाँकी बहस नोटमा दिनुहोला । अर्को ...

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ
सुर्खेत । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।दैलेख प्रहरीले महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो । उनलाई खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँक...

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि
काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको रिपोर्ट दिएका छन् । प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको भनिएको छ । भट्टको घाँटीमा पनि निलडाम छ । उनको यौनांगमा पनि घाउ रहेको पाइएको एक प्रहरी अधिकृतले  बता...

केपी ओली र ज्ञानेन्द्र  दुवै उस्तै हुन :  योगेश भट्टराई

केपी ओली र ज्ञानेन्द्र  दुवै उस्तै हुन :  योगेश भट्टराई
कावासोती ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड माधव समुहका नेता योगेश भट्टराईले केपि ओली र पुर्व राजा ज्ञानेन्द्र दुबै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु नपर्ने बताएका छ्न । शनिबार पुर्वी नवलपरासीको कावासोतीमा नेकपा  प्रचण्ड माधव समुह को युवा विद्यार्थीको भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले केपि ओलीको पछिल्लो गतिविधि व्यवस्था विरोधी देखिएको बताए । उनले भने “हिजोका मण्डले, संघीयता र गणतन्त्र विरोधी आज के...

चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । ‘चन्द्रागिरिले चालु आर्थिक वर्षका लागि सडक सरसफाइमा २० लाख रकम विनियोजन गरेको छ’, नगरप्रमुख गिरिले भने । यस्तै, ...

शनिवार (भोलि) गैँडाकोटका विभिन्न वडाहरुमा विद्युत्त अवरुद्ध हुने

शनिवार (भोलि) गैँडाकोटका विभिन्न वडाहरुमा  विद्युत्त अवरुद्ध हुने
गैँडाकोट । शनिवार( भोलि) नवलपुरको गैँडाकोट नगरपालिकाका विभिन्न ६ वटा वडाहरुमा विद्युत्त अवरुद्ध हुने भएको छ । नेपाल विद्युत्त प्रााधिकरण कावासोती वितरण केन्द्रका अनुसार भोलि विहान ८ वजेदेखि साँझ ५ वजेसम्म गैँडाकोट नगरपालिकाका ३,४,५,६,७,८ र ९ नम्बर वडाका विभिन्न क्षेत्रमा लाईन अवरुद्ध हुनेछ । कावासोती वितरण केन्द्र अन्तर्गतको मुकुन्दपुर ३३/११ के.भी. शवस्टेशनको स्तरोन्नती गर्नुपर्ने भएकोले विद्युत्त अवरुद्ध हुने वितरण केन्दको भनाई छ ।छिट्टै काम सम्पन्न भएमा तोकिएको समय अगाव...