Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

कावासोती ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड माधव समुहका नेता योगेश भट्टराईले केपि ओली र पुर्व राजा ज्ञानेन्द्र दुबै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु नपर्ने बताएका छ्न । शनिबार पुर्वी नवलपरासीको कावासोतीमा नेकपा  प्रचण्ड माधव समुह को युवा विद्यार्थीको भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले केपि ओलीको पछिल्लो गतिविधि व्यवस्था विरोधी देखिएको बताए । उनले भने “हिजोका मण्डले, संघीयता र गणतन्त्र विरोधी आज केपि ओलीको साथमा छ्न, केपि ओलीले कस्तो जमातको नेतृत्व गर्दै हुनुहुन्छ देखिएकै छ, भोलि पुर्व राजा ज्ञानेन्द्र दुबै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु पर्दैन ।”

संसद विघटनको मुद्दामा ओलीको पक्षमा बहस गर्ने वकिल देखि लिएर ओलिका अगाडि पछाडि रहने सबै संघीयता र गणतन्त्र विरोधी भएको बताउदै नेता भट्टराईले प्रधानमन्त्री ओली ईतिहासकै कम्जोर प्रधानमन्त्री भएको जिकिर गरे ।

ओलीले निर्वाचित प्रतिनिधि सभा विघटन गरेर सत्ता र शक्तिको दुरुपयोग गर्दै आफुलाई शक्तिशाली बनाउने प्रयत्न गरेको आरोप लगाउदै नेता भट्टराईले ओलीको कदममा सर्वोच्चले साथ नदिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युबा संघका संयोजक रामप्रसाद सापकोटा “दिपशिखा” , अनेरास्ववियुका सह संयोजक रन्जित तामाङले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया