×

समाचार

प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाण्डौंमा

प्रेस सङ्गठनको भेला माघ ८ गते काठमाण्डौंमा
काठमाडौं  । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सोमबार सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्यलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टीका शीर्ष नेता...

पशुपति पुस्तकालयबाट पुस्तक लगे, फिर्ता गरेनन्

पशुपति पुस्तकालयबाट पुस्तक लगे, फिर्ता गरेनन्
काठमाडौं । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन्। नेपाल वेद विद्याश्रमले विसं २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो। विसं २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको छ। कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो...

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
महेन्द्रनगर । मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका-५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा परी से६प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु...

काठमाडौं सहित तराईका जिल्लामा कुहिरो, आन्तरिक उडान ठप्प

काठमाडौं सहित तराईका जिल्लामा कुहिरो, आन्तरिक उडान ठप्प
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो महसुस भएको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।मौसमविद विभूति पोखरेलका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागे...

आज भूकम्प सुरक्षा दिवस मनाइँदै, मूल समारोह कुमारी मन्दिरमा

आज भूकम्प सुरक्षा दिवस मनाइँदै, मूल समारोह कुमारी मन्दिरमा
काठमाडौं । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै छ ।राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिएको छ ।आज बोडेमा हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल प्रमुख आतिथिको रुपमा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ । कोरोना भाइरसका कारण अनलाइन प्रविधिमार्फत् र स्वास्थ्य मापदण्ड पूरा गर...

परराष्ट्रमन्त्री दिल्ली जाँदै, सीमा विवाद र कोरोना खोप नेपालको प्राथमिकतामा

परराष्ट्रमन्त्री दिल्ली जाँदै, सीमा विवाद र कोरोना खोप नेपालको प्राथमिकतामा
काठमाडौं । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज दिल्ली जादैछन् । परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको जमिन भएकाले त्यसलाई फिर्ता ल्याउने बताएका थिए । उनले परराष्ट्रमन्त्रीको भारत भ्रमणमा यी विषयमा कुरा हुने बताएका छन् । मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पन...

आज माघे सङ्क्रान्ति मनाइँदै

आज माघे सङ्क्रान्ति मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे मकर सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्...

बन्दीपुरको गाउँ सभाबाट ४ विधेयक पारित

बन्दीपुरको गाउँ सभाबाट ४ विधेयक पारित
बन्दीपुर।  बन्दीपुर गाउँपालिकाको आठौं गाउँ सभाले चार विभिन्न विधेयक पारित गरेको छ ।बुधबार गाउँपालिका भवनमा अध्यक्ष पूर्णसिं थापाको अध्यक्षतामा सम्पन्न सभाले संसोधित विनियोजन विधेयक, कृषि व्यवसाय प्रवर्धन विधेयक, बालबालिकाको अधिकार तथा सुशासन सम्बन्धी विधेयक पारित गरेको छ । १० योजना संसोधन यसैगरी, वडामा कार्यान्वयन गर्न नसकिएका र साना प्रकृतिका १० योजना मर्ज तथा संसोधन गरिएको छ ।वर्षे अधिवेशनले पारित गरे पनि कार्यान्वयनमा जान नसकेका योजनाहरु संसोधन गर्ने निर्णय सभाले गरे पनि...

किन महत्वपूर्ण छन् माघे संक्रान्तिमा खाइने आहारहरु ?

किन महत्वपूर्ण छन् माघे संक्रान्तिमा खाइने आहारहरु ?
नेपाली समुदायले माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउँछन् ।माटो मुनी फलेको बालीको रुपमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु, खिचडी पनि खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा खाइने यी आहारहरुले शरीरलाई आवश्यक शक्ति दिई रोगसँग लड्ने क्षमता समेत बढाउँदछ। आयुर्वेद चरक संहिता, शिशिर ऋतुचर्या अनुसार यस समयमा शीत वायुको सम्पर्क शरीरसँग हुने हुनाले अग्नि भित्रै रोकिएर तीक्ष्ण हुन जान्छ । त्यसैले यस समयमा गुरु द्रव्य पाचन गर...