×

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ३ का दलित महिला सदस्य मित्रमाया सुनारको निधनप्रति दुख व्यक्त गर्दै गैँडाकोट नगरपालिकाले नगरभित्र आज शोक विदा दिएको छ ।
नगरसभा सदस्य रहेकी सुनारको गएराति ११ः३५ वजे अल्पआयु मै निधन भएको गैँडाकोट नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल द्धारा जारी सूचनामा निधन प्रति शोक व्यक्त गर्दै नगरपालिका कार्यालय, र अन्तर्गतका सबै कार्यालय र शैक्षिकसंस्था समेतमा शोक विदा दिने निर्णय भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया