×

समाचार

मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु

मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु
सुर्खेत।मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।२२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने। मंगलबार छायानाथ रारा नगरपालिका–७ मा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।कार्यालयका प्रहरी न...

नवरात्रीको सातौं दिन आज : घर घरमा फूलपाती भित्र्याएर मनाइँदै

नवरात्रीको सातौं दिन आज : घर घरमा फूलपाती भित्र्याएर मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाक...

बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ३ जनाको मृत्‍यु

बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ३ जनाको मृत्‍यु
काठमाडौं। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए ।प्रहरी स्रोतहरुले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत...

ढुसी संक्रमणबारे जागरूकता कार्यक्रम र नि:शुल्क स्क्रीनिंग शिविर सम्पन्न

ढुसी संक्रमणबारे जागरूकता कार्यक्रम र नि:शुल्क स्क्रीनिंग शिविर सम्पन्न
धरान । रोट्रयाक्ट क्लब अफ धरान घोपाले डा। सुचना मराहट्टा सहप्राध्यापक, डर्मेटोलोजी- वि।पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र टीमसँगको सहकार्यमा ढुसी सम्बन्धि छाला संक्रमणबारे जागरूकता कार्यक्रम र निशुल्क स्क्रीनिंग शिविरु रिलायन्स मिल, खनार इटहरीमा शनिबार सम्पन्न गरेको छ । शिविर बहान १० बजे शुरु भएर साझ ६ बजे सम्म चलेको थियो जहाँ करिब ४०० लाभार्थीहरुले कार्यक्रममा भाग लिएका थिए जसमध्ये कारखानाका कर्मचारीहरु र उनीहरुका परिवारका सदस्यहरु सम्मेलित थिए । जागरूकता कार्यक्रम...

लायन्सक्लव अफ बागेश्वरी डाईनामिकद्धारा अपाङ्गहरुलाई भोजन

लायन्सक्लव अफ बागेश्वरी डाईनामिकद्धारा अपाङ्गहरुलाई भोजन
गैँडाकाेट । लायन्सक्लव अफ बागेश्वरी डाईनामिकको अयोजनामा नवलपुरको गैँडाकोट स्थित अपांग जिवनविकास संस्थामा रहेका आश्रीतहरुलाई भोजन गराइएको छ ।लायन लक्ष्मण कंडेलको जन्मदिनको अवशरमा शनिवार विहानको भोजन गराईनुका साथै केहि खाद्यान्न सामाग्री समेत सहयोग गरिएको लायन्सक्लव अफ बागेश्वरी डाईनामिकका संस्थापक अध्यक्ष कमल तिवारीले जानकारी दिनुभयो । क्लबका गाईडलाइनर भानुभक्त रिमालको विशिष्ट आतिथ्यता एवं रिजन चेयर पर्सन मेघराज कंडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष ति...

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
काठमाडौं ।  नवरात्रको तेस्रो दिन आज दशैंघर तथा शक्तिपीठमा नवदुर्गामध्येकी चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ।चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको बताइएको छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ। विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यव...

जबरजस्ती करणीपछि ‘रक्तश्राव’ हुँदा पर्सामा युवतीको मृत्यु

जबरजस्ती करणीपछि ‘रक्तश्राव’ हुँदा पर्सामा युवतीको मृत्यु
पर्सा । भारत घर भएकी १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको छ।ती किशोरीको जबरजस्ती करणीपछि रक्तश्रावका कारण मृत्यु भएको सूचना आएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको हो। ती युवती भारत पश्चिम चम्पारण जिल्ला बेतियाकी हुन्।पर्सा जगरनाथपुर-१ का ३५ वर्षीय जफिर मियाँले जबरजस्ती करणी गर्दा उनको रक्तस्राव भएर मृत्यु भएको खबर आएपछि शव बरामद गरिएको प्रहरीले जनाएको छ। मियाँ भने फरार छन्। पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपर...

३३ किलो सुन काण्डमा गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

३३ किलो सुन काण्डमा गोरेसहित ६ जनालाई जन्मकैदको सजाय
विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३३ किलो सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले ८ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार ८ जना प्रतिवादीलाई दोषी ठहर गरेहको हो । उनीहरूलाई भिन्दाभिन्दै सजाय तोकेको छ । प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । एक जनालाई तनि वर्ष र अर्का एकजनालाई ६ महिना कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी...

१८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गर्न सांसदको प्रस्ताव

१८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गर्न सांसदको प्रस्ताव
काठमाडौँ । सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने धारणा राखेका हुन् । सांसदहरु नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष...