सुर्खेत।मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।२२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने।

मंगलबार छायानाथ रारा नगरपालिका–७ मा बस दुर्घटना भएको हो। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार गाडीमा ३९ जना सवार थिए।‘घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको छ,’ उनले भने, ‘जिल्लाबाट प्रहरी टोली जाँदैछ।’

 

तपाईको प्रतिक्रिया