×

धरान । रोट्रयाक्ट क्लब अफ धरान घोपाले डा। सुचना मराहट्टा सहप्राध्यापक, डर्मेटोलोजी- वि।पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र टीमसँगको सहकार्यमा ढुसी सम्बन्धि छाला संक्रमणबारे जागरूकता कार्यक्रम र निशुल्क स्क्रीनिंग शिविरु रिलायन्स मिल, खनार इटहरीमा शनिबार सम्पन्न गरेको छ ।

शिविर बहान १० बजे शुरु भएर साझ ६ बजे सम्म चलेको थियो जहाँ करिब ४०० लाभार्थीहरुले कार्यक्रममा भाग लिएका थिए जसमध्ये कारखानाका कर्मचारीहरु र उनीहरुका परिवारका सदस्यहरु सम्मेलित थिए । जागरूकता कार्यक्रम स्वरुप प्रशिक्षण कोठामा विभिन्न स्वास्थ्य शिक्षाहरु तथा ढुसी संक्रमणको बखत गर्न हुनेरनहुने कुराहरु र यसलाई निको पार्ने तरिकाहरु बारे सबैलाई सचेत पारिएको थियो । स्वास्थ्य शिक्षा ५ स्टेशनमा १० मानिसहरुको सानो समूह बनाएर प्रदान गरिएको थियो र यसभित्र चलिरहेको कोभिड महामारीको बारेमा सचेतना पनि समावेश गरिएको थियो।

त्यहाँ कारखानाका कर्मचारीहरुलाई अझै प्रभावकारी रूपमा बुझाउन, एक ढुसी संक्रमणबारे पारिवारिक नाटकु पनि उही प्रशिक्षण कोठा मा आयोजित गरीएको थियो। नाटक हेर्न करिव ९० जना दर्शक उपस्थित थिए। अनि, स्क्रीनिंग कार्यक्रमको सन्दर्भमा ढुसी संक्रमण सम्बन्धि  निशुल्क स्क्रीनिंग र लगत्तै प्रत्येक प्रभावितलाई निस्शुल्क औषधि वितरण समेत गरीएको थियो।

यसरी यस शिविर ६ जना रोट्रयाक्टर, डा। सुचना मराहट्टाको टीम सहित डर्मेटोलोजिकल सोसायटीहरुको अन्तर्राष्ट्रिय लीग, डर्मेटोलोजीको लागी अन्तर्राष्ट्रिय फाउन्डेसन, सोसायटी अफ डर्मेटो-भेनेरियो-लेप्रोलोजिस्ट नेपाल र वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साथमा प्रभावकारीरुपमा सम्पन्न भएको छ जसले ढुसी संकलनका बारे जनचेतना फैलाउने काम गरेको छ ।

तपाईको प्रतिक्रिया