पोखरामा सुपरम्यान जिपलाइन शुरू
पोखरा । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले पोखरामा यसरी नै हावामा वेग मार्न थालेका छन् ।
सराङकोटबाट आखैंअघि हिमाल, जंगल, बस्ती, खोलाको दृश्यावलोकन गर्दै हेमजासम्म सुपरम्यम जिपफ्लाइङ शुरू भएको छ । हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो ९द वल्ड्स स्टिपेस्ट एण्ड ...


