×

राजनीति

लिङ्देनले गरेका निर्णय विरूद्ध पार्टी बैठकमा प्रतिवाद गर्ने असन्तुष्ट पक्षको निर्णय

लिङ्देनले गरेका निर्णय विरूद्ध पार्टी बैठकमा प्रतिवाद गर्ने असन्तुष्ट पक्षको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका निर्णय उल्टाउन दबाब दिने निर्णय गरेको छ ।असन्तुष्ट पक्षको हात्तिसारमा बसेको बैठकले कार्यसम्पादन र केन्द्रीय समिति बैठकमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी नेताले भने, ‘अध्यक्षले अवैधानिक निर्णयहरु गरिराख्नु भएको छ । उहाँले गरेका अवैध निर्णय बदर गराउन कार्यसम्पादन र केन्द्रीय समितिमा जोडदार माग राख्ने निर्णय भएको छ ।’ राप्रपाले केन्द्रीय समितिको बैठक भदौ दोस...

माओवादी स्थायी कमिटी बैठकमा आज प्रचण्डले जबाफ दिने

माओवादी स्थायी कमिटी बैठकमा आज प्रचण्डले जबाफ दिने
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। उनका अनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबाफ दिनेछन्।शुक्रबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव र एजेन्डाहरूमाथि शनिबारदेखि सदस्यहरूले आफ्नो धारणा राखेका थिए। त्यसमा अध्यक्ष प्रचण्डले आज जबाफ दिने प्...

म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु – प्रचण्ड

म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु – प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताएका हुन् । आफू जनयुद्ध हुँदै शान्ति प्रक्रिया, संविधान सभा र अहिले पनि जिवित रहनु परेको कारण अर्को क्रान्ति गर्न भएको उनको भनाइ छ । ‘हामी बल गर्दैछौं । एकताबद्ध भएर प्रतिक्रियावादीको षडयन्त...

बागमतीमा तीन मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बागमतीमा तीन मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ । बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी...

रास्वपा संसदीय दलको बैठक रुपन्देहीमा बस्ने, रविलाई पनि भेट्ने योजना

रास्वपा संसदीय दलको बैठक रुपन्देहीमा बस्ने, रविलाई पनि भेट्ने योजना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक रुपन्देहीमा बस्ने भएको छ । पार्टीका सबै सांसदहरू रुपन्देही गएका छन् । पार्टी सभापति रवि लामिछाने थुनिएकै जिल्लामा पार्टीको बैठक बस्न लागेको हो । रुपन्देही ३ मा आउँदो कात्तिक २७ गते उपनिर्वाचन हुँदै छ । सोही उपनिर्वाचनको लागि माहोल बनाउने र सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाट पनि गर्ने उद्देश्यले रुपन्देहीमा बैठक आयोजना गरिएको पार्टी स्रोतले बताएका छ। रास्वपाले रुपन्देही ३ मा उम्मेदवार चयन प्रक्रिया सुरु गरिसकेको छ...

एकसाथ दुई महिला सहसचिव सचिवमा बढुवा

एकसाथ दुई महिला सहसचिव सचिवमा बढुवा
काठमाडौं । नेपाल सरकारका दुई महिला सहसचिव एकसाथ सचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।सोमबार विहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका दुई सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा सिफारिस गरेको हो । सत्य निरुपण तथा मेलमिलाप आयोगमा सहसचिव रहेकी निर्मला बढुवापछि पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमै रहनेछिन् । उनी बढुवाको सिफारिस हुनुअघि कामूको जिम्मेवारीमा थिइन् ।निर्वाचन आयोगमा दरबन्दी रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सहसचिव...

अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता

अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रमुख प्रेमकुमार राईविरुद्ध उजुरी दर्ता भएको छ।युवराज पौडेल (सफल)ले राईविरुद्ध उजुरी दिएका हुन्।उजुरी अख्तियारमै दर्ता भएको बताइएको छ।काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल(सफल)ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाह...

पार्टी सदस्य भएको ४५ वर्ष भयो, मलाई रोक्न मिल्दैन- विद्या भण्डारी

पार्टी सदस्य भएको ४५ वर्ष भयो, मलाई रोक्न मिल्दैन- विद्या भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताएकी छिन् ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेको थियो । त्यसपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी ...

पार्टीको रोकलाई चुनौती: पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार निर्णायक घोषणा गर्ने

पार्टीको रोकलाई चुनौती: पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार निर्णायक घोषणा गर्ने
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने भएकी छन्।पत्रकार सम्मेलन काठमाडौं, बबरमहल हाइटस्थित कार्की बैंक्वेटमा हुनेछ। मंगलबार मध्यराति सम्पन्न नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो। सो निर्णयपछि आफू पछाडि नहट्ने अडान सार्वजनिक रूपमा राख्दै आएकी भण्डारीले अबको मार्गचित्रबारे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्न लागेकी हुन्।