×

राजनीति

विद्या भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय भयो – शंकर पोखरेल

विद्या भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय भयो – शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा प्रवेश गर्नै नपर्ने उनले बताए । ‘हामीले निष्कर्ष (पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने)  निकालेका...

एमालेको विधान मस्यौदा छलफल गर्न केन्द्रीय कमिटीको बैठक सुरु हुँदै

एमालेको विधान मस्यौदा छलफल गर्न केन्द्रीय कमिटीको बैठक सुरु हुँदै
काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनका लागि प्रस्तावित पार्टी विधान मस्यौदामाथि गहन छलफल हुने कार्यक्रम तय गरिएको छ। पार्टी उपाध्यक्ष तथा विधान मस्यौदा समिति संयोजक विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोबाट अनुमोदन भइसकेको मस्यौदा आजको बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्। पार्टीका स्थायी कमिटी सदस्य ...

विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा

विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा
काठमाडौं- एमालेले विधानको धारा ८ र ९ देखाउँदै विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेको छ। एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी सदस्यता नवीकरणको सन्दर्भमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको र त्यसलाई पार्टीले गहन रूपमा छलफल गरी निर्णय लिने प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए। ‘विधानको धारामा गम्भीर रूपमा छलफल गर्दा यसले विधान धारा ८ आकर्षित गरिएको देखियो, धारा ८ मा पनि स्वेइच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति। भनेको राष्ट्रपति पदक...

एमालेको विधान संशोधन प्रस्ताव पोलिटब्युरो बैठकबाट पारित

एमालेको विधान संशोधन प्रस्ताव पोलिटब्युरो बैठकबाट पारित
काठमाडौं । नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिए ।‘विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ...

सरकार ढल्छ भनेर कराउनेहरु कराऊन्, गठबन्धन चुनावसम्म जारी रहन्छ- प्रधानमन्त्री ओली

सरकार ढल्छ भनेर कराउनेहरु कराऊन्, गठबन्धन चुनावसम्म जारी रहन्छ- प्रधानमन्त्री ओली
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकार नढल्ने दाबी गर्दै आफू अझै एक वर्ष प्रधानमन्त्री हुने जिकिर गरे । ‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराऊन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमतिबमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘चुनावस...

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता पनि गरेका थिए । प्रतिनिधि सभाको आज दिउँसो ...

कुलिङ पिरियडको गडबडी छानबिन गर्न बन्यो ७ सदस्यीय विशेष संसदीय समिति

कुलिङ पिरियडको गडबडी छानबिन गर्न बन्यो ७ सदस्यीय विशेष संसदीय समिति
काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समिति ७ सदस्यीय रहनेछ ।जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २ २ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय प्रजातन्त्र पा...

गठबन्धनका धेरै विकल्प छैनन्, पार्टीका नेताहरूमा अनुशासन भएनः कांग्रेस

गठबन्धनका धेरै विकल्प छैनन्, पार्टीका नेताहरूमा अनुशासन भएनः कांग्रेस
काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ।केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन्।कसैको बहुमत नरहेकाले गठबन्धनको धेरै विकल्प नरहेको उनले बताए। सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने उनले बताए।गठबन्धनका विषयमा प्रतिकूल विचार नआएको उनले बताए।संसदमा रहेका र पार्टीका नेताहरुमा अनुशासन नभएको कुरा...

लिटिल फ्लावर स्कुलद्वारा ४ जीपीए ल्याउने विद्यार्थी र अभिभावकलाइ सम्मान

लिटिल फ्लावर स्कुलद्वारा ४ जीपीए ल्याउने विद्यार्थी र अभिभावकलाइ सम्मान
चितवन - लिटिल फ्लावर स्कूल, नारायणगढले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४ जीपीए ल्याउन सफल पाँच जना विद्यार्थी र उनका अभिभावकहरूलाई विशेष सम्मान गरेको छ। ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरू सम्वन्ध  पौडेल, आदर्श सापकोटा, महोदय भण्डारी, निरज खड्का र प्रकृति सापकोटा तथा तिनका अभिभावकहरूलाई विद्यालयले सम्मानपत्र प्रदान गर्दै  दोसल्ला ओढाएर सम्मान गरेको हो। सम्मान समारोहमा विद्यालयका प्रिन्सिपल फादर मन्जुस, भाइस प्रिन्सिपल फादर ज्याकेव, फादर जोजिनलगायत विद्यालय प्रशासनको ...