माधव नेपालले सफाइ पाउने नेकपा एसको विश्वास, अध्यक्ष पद छाड्न नहुने निष्कर्ष
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष निकालेको छ ।
आज बसेको सचिवालय बैठकले अध्यक्ष नेपालमाथिको मुद्दा पार्टी स्थापनाकालदेखि नै सुरू भएको षड्यन्त्रको निरन्तरता भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।
उनले भने, ‘पार्टीविरुद्धको षड्यन्त्रको अर्को श्रृंखलाको रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो । षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमज...


