काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।
कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपा प्रवक्ता मनिष झाले बताए ।पार्टीको सचिवालय बैठकले खतिवडा पदमा बसिराख्न नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने निर्णय गरिएको झाले अनलाइनखबरसँग बताए।
‘समितिको प्रतिवेदन अनुसार समिति सभापति दोषी हो । उहाँले नैतिकता देखाउनुपर्दछ । यस्तो काम गरेर नालायकी देखाएर बस्नु भन्दा राजीनामा दिनुपर्दछ भन्ने हाम्रो बुझाइ हो,’ झाले भने ।कांग्रेस सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा बनेको समितिले कुलिङ अफ पिरियडमा समिति सभापति खतिवडा समेत जिम्मेवार रहेको प्रतिवेदन मंगलबार संसदमा पेश गरेको छ ।



उज्यालो खबर




