प्रचण्डले लगाएका झुठा आरोपको जवाफ दिन्नँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु झूठा भएको बताएका छन् । आफूले त्यस्ता ‘वाहियात एवं झूठा आरोपहरुको जवाफ नदिने प्रधानमन्त्रीको अडान छ ।
आइतबार बालुवाटारमा महासचिव विष्णु पौडेललाई साक्षी राखेर प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान सक्ने ...


