कांग्रेस बिग्रिएको जिम्मा रामचन्द्र पौडेलले लिनुपर्छः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति अन्तर्गत गठन भइसकेको विभागबारे कुनै पनि छलफल गर्न आफू तयार नरहेको बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा बसेको वर्तमान र पूर्व पदाधिकारीको बैठकमा सभापति देउवाले संस्थापन इतर समूहलाई यस्तो जवाफ फर्काएका हुन्।
‘विभागका प्रमुखहरुलाई ब्याक गर्ने, गठन भइसकेको विभाग खारेज गर्ने त कुरै छैन,’ देउवालाई उद्धृत गर्दै उनीनिकट एक विभागका प्रमुखले भने, ‘ब्याक हुने कुनै छैन।’ उनले सहमति भनेर भागबण्डा गर्नका लागि स...


