×

राजनीति

निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–माधव समूहको माग

निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–माधव समूहको माग
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताहरु आयोगमा पुगेका थिए । ‘अवैधानिक प्र...

देउवाले भने– अदालतलाई दबाब नदिऊँ, प्रचण्डहरु पनि चुनावमा आउँछन्

देउवाले भने– अदालतलाई दबाब नदिऊँ, प्रचण्डहरु पनि चुनावमा आउँछन्
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । विघटनविरुद्ध देशभर प्रदर्शनका क्रममा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि जुलुस निकालेर अदालतलाई यो गर, त्यो गर भन्न नमिल्ने बताए । देउवाले भने– अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न हुँदैन । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको न...

ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’
काठमाडौं । प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निकालिएको छ।शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्। उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन्। उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो।काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍याली माइती मण्डलाको मूल र्‍यालीमा जोडिनेछ।प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ।

मतदाता नामावली तयारीसँगै मतदान स्थल र केन्द्र निर्धारणको काम सुरु

मतदाता नामावली तयारीसँगै मतदान स्थल र केन्द्र निर्धारणको काम सुरु
काठमाण्डौ । प्रतिनिधि सभा विघटनबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि निर्वाचन आयोगले चुनावको लागि आवश्यक तयारी अघि बढाएको छ । आउँदो वैशाख १७ र २७ गते चुनावको मिति घोषणा भइसकेकाले त्यसअनुसार तयारी थालिएको आयोगले जनाएको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी प्रक्रियासँगै मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम सुरु गरेको हो । अन्तिम मतदाता नामावली प्रकाशन गर्नुअघि नै मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गरिसक्नुपर्ने आयोगले जनाएको छ । प्रमुख जिल्ल...

मतपत्र च्यातेर चुनाव जित्ने इतिहास दोहोरिन दिदैँनौ : पार्वती रावल (भिडियो सहित)

मतपत्र च्यातेर चुनाव जित्ने इतिहास दोहोरिन दिदैँनौ   : पार्वती रावल  (भिडियो सहित)
गैँडाकोट। राष्ट्रियसभा सदस्य दिलकुमारी रावल (पार्वती) ले मुलुकको समृद्धि र विकासको सपना बोकेर हिडेका प्रधानमन्त्री माथि पार्टि भित्रैबाट काम गर्न नदिइएको बताउनुभएको छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई लिएर सरकार अघी बढिरहेको अवस्थामा संसदीय दलबाटै बाटो छेक्ने काम भएको रावलको दावी छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओली पक्षिय नेतृ रावलले बहुमत प्राप्त दलको नेता तथा सरकारको प्रमुखलाई कुनैपनि हालतमा अगाडी बढ्न नदिने, विना आधार अभियोगपत्र तया...

धनगढीमा ओली नेतृत्वको नेकपाको विशाल शक्ति प्रर्दशन, हजारौं सहभागी (तस्विर सहित)

धनगढीमा ओली नेतृत्वको नेकपाको विशाल शक्ति प्रर्दशन, हजारौं सहभागी (तस्विर सहित)
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज धनगढीमा विशाल शक्ति प्रर्दशन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद भएपछि ओली र प्रचण्ड नेपाल दुई भिन्न समूह क्रियाशील रहेका बेला धनगढीमा ओली पक्षले प्रर्दशन गरेको हो । प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएका हुन । प्रधानमन्त्री ओली नेतृत्वको दलले सुदुरपश्चिममा बुधबार भेला गरेर प्रदेश कमिटीसमेत विस्तार गरेको थियो। सुदुरपश्चिमका ईञ्चार्ज भीम रावललाई कारवाही सिफारिस ग...

चुनावकाे तयारीमा लाग्‍न प्रधानमन्त्रीको ओलीकाे आग्रह

चुनावकाे तयारीमा लाग्‍न प्रधानमन्त्रीको ओलीकाे आग्रह
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् । आफ्नो समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’ ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम...

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज धनगढीमा सम्वोधन गर्ने

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज धनगढीमा सम्वोधन गर्ने
काठमाडौं । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पहिलोपल्ट राजधानीबाहिर आयोजित जनसभामा सम्बोधन गर्दैछन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामन्चमा आयोजना हुने जनसभामा ५० हजार मान्छे सहभागी हुने प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले दाबी गरेका छन् । नेकपा विभाजनपछि ओली पक्षले आयोजना गरेको यो पहिलो प्रदेशस्तरीय सभा हो । सभालाई सम्बोधनका लागि प्रधानमन्त्री ओली अहिले श्री एयरलाइन्सको जहाजबाट धनगढी जाने का...

सरकारको एकवर्षे उपलब्धि– ९८० किलोमिटर सडक पिच, १४९ मेगावाट बिजुली थप मुलुकको नयाँ नक्सादेखि सगरमाथा मापनसम्म,८८ हजारलाई थप रोजगारी

सरकारको एकवर्षे उपलब्धि– ९८० किलोमिटर सडक पिच, १४९ मेगावाट बिजुली थप मुलुकको नयाँ नक्सादेखि सगरमाथा मापनसम्म,८८ हजारलाई थप रोजगारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त उपलब्धिसम्बन्धी धारा ५३ बमोजिमको वार्षिक प्रतिवेदन एवं नेपाल सरकारले गरेका ...